नौलो तरङ्ग खबर
माघ ६ सिन्धुलीमाढी । निर्वाचन आयोगको तालिका अनुसार आज फागुन २१ मा हुने निर्वाचनका लागि उमेद्वार मनोनयन दर्ता गर्ने दिन सिन्धुली जम्मा २८ जनाले उमेद्वारी दर्ता गराएका छन् ।
उमेद्वारी दर्ता गर्नहरुमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा, रास्वपादेखि राप्रपा, उज्यालो नेपाल, श्रमसंस्कृती पार्टी लगाएत स्वतन्त्र उमेद्वारहरु पनि रहेका छन् । केहि उमेद्वार भने पार्टीबाट असन्तुष्ट रहि स्वतन्त्र उमेद्वारी दिने पनि रहेका छन् ।
निर्वाचन अधिकृतको कार्यालय सिन्धुलीले जानकारी दिएअनुसार क्षेत्र नम्वर १ बाट १२ जनाले उमेद्वारी दिएका छन् भने क्षेत्र नम्वर २ बाट १८ जनाले गरी जम्मा २८ जनाको उमेद्वारी रहेको छ । क्षेत्र नम्वर १ बाट नेपाली काँग्रेसका उज्ज्वल वराल, नेकपा एमालेका प्रदिप कुमार कटुवाल, नेपाली कम्यूनिष्ट पार्टीका डेकेन्द्र प्रसाद सुवेदी, रास्वपाका घनेन्द्र कार्की लगायतले उमेद्वारी दिएको कार्यालयले जनाएको छ ।
त्यसैगरी राप्रपाबाट राम नारायण अधिकारी, उज्यालो नेपाल पार्टीबाट मोतिलाल तामाङ्ग, श्रम संस्कृती पार्टीबाट निम बहादुर मोक्तान, नेमकिपाबाट राजेन्द्र बखुन्छे , नेकपा (माओवादी)बाट सुशिल हमाल, राष्ट्रिय परिवर्तन पार्टीबाट सन्तोष कुमार सुनुवार, मंगाल नेशनल अर्गनाइजेशनबाट सोमबहादुर घलान तथा स्वतन्त्रबाट अमृत बहादुर विश्वकर्मा रहेका छन् ।
यता क्षेत्र नम्वर २ मा नेपाली काँग्रेसबाट सुशिला थिङ्ग, नेकपा एमालेबाट मनोजजंग थापा, नेपाली कम्यूनिष्ट पार्टीबाट लेखनाथ दाहाल (राजन), राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशिष गजुरेलले उमेद्वारी दिएका छन् । त्यस्ते उमेद्वारी दिनेहरुमा श्रम संस्कृती पार्टीबाट इन्द्वहादुर वि.क., प्रगतीशिल लोकतान्त्रिक पार्टीबाट निर्मल कुमार स्याङतान, नेकपा (माओवादी) बाट वर्तय बहादुर राई, राप्रपाबाट मुकुन्द प्रसाद गजुरेल, मितेरी पार्टीबाट राजन अच्छामी रहेका छन् ।
यस्तै क्षेत्र नम्वर २ बाटनै उमेद्वार दिनेहरुमा नेमकिपाबाट रामेश्वरी कोजु, मंगोल नेश्नल अर्गनाइजेशनबाट शान्तविर लामा, पनि रहेका छन् । क्षेत्र नम्वर २ बाट सवैभन्दा बढी स्वतन्त्र उमेद्वार रहेका छन् । स्वतन्त्र उमेद्वारहरुमा खड्ग बहादुर वाइबा, नरहरी पौडेल, महेश्वर दाहाल, माधव प्रसाद न्यौपाने, र सरोज वि.क. रहेका छन् ।
उमेद्वारी दिनेहरुमध्य सवैभन्दा कम उमेरका क्षेत्र नम्वर १ का नेकपा माओवादीका सुशिल हमाल रहेका छन् उनी अहिले ३६ वर्ष रहेको जनाइएको छ भने सवैभन्दा बढी उमेर क्षेत्र नम्वर २ का राप्रपा उमेद्वार मुकुन्द प्रसाद गजुरेल (७६) रहेका छन् ।