तरङ खवर सिन्धुलीमाढी माघ १९ आइतबार। कमलामाई नगरपालिका सिन्धुलीका नगरप्रुख उपेन्द्र कुमार पोखरेलले शिक्षालाई बिकास गर्न संख्यात्मक भन्दा गुणात्मक पाटोलाई ध्यान पुर्याउनुपर्ने कुरामा जोड दिन आग्रह गर्नुभएको छ।

सदरमुकामस्थित गौमती मध्यामिक विद्यालयको ५८ औँ वार्षिकोत्सब तथा अभिभावक दिवसको अबसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका पोखरेलले सो कुरा बताउनु भएको हो। पोखरेलले गुणस्तरिय शिक्षाको कसि भनेको मर्कसिटमामा प्राप्त गर्ने अंकमात्र नभई भोलिका दिनमा ती बिध्यार्थीहरुले प्राप्त गर्ने रोजगार तथा उत्पादनमुलक क्षेत्रमा प्राप्त गर्ने उपलब्धी रहेको बताउनु भयो।

शिक्षकहरुको सरुवाको सन्दर्भमा नगरप्रमुख पोखरेलले यस अघिको सरकारले ल्याएको शिक्षा बिघेयकले गर्दा शिक्षक सरुवामा समस्या रहेको बताउनु भयो। सार्बजनिक विद्यालयमा बिध्यार्थीको चाप बढ्दै गएकोले यो अर्थिक वर्षमा कमलामाई नगरपालिकाले नगर भित्रका ३ बिद्यालयलाई बस बितरण गर्ने कार्यक्रम रहेकोले आबस्यकताको आधारमा बस बितरण गर्ने पोखरेलले जानकारी दिनुभयो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नगरप्रमुख पोखरेलले शिक्षकले अन्य पेशा भन्दा पनि विध्यार्थीको भविष्य निर्माणको निम्ति बिध्यालयमा समय खर्चिन शिक्षकहरुलाई आग्रह गर्नुभयो। विद्यालय ब्यबस्थापन समितीका अधक्ष्य कर्ण घिसिङ्गको अधक्ष्यतामा सम्पन्न कार्यक्रममा प्रधान अध्यापक दिपक बुढाथोकीले आयव्यय प्रस्तुत गर्नुभएको थियो।