फोनिजको २६ औँ स्थापना दिवसको अबसरमा सिन्धुलीमा अन्तर्कृया कार्यक्रम सम्पन्न

तरङ खवर                                                        सिन्धुलीमाढी भदौ २ गते सोमबार । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सिन्धुलीले २६ औँ स्थापना दिवसको अवसरमा आज सिन्धुली माडीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

“सञ्चार माध्यममा समावेशिता र आदिवासी जनजातिको स्थान” विषयक अन्तरक्रिया कार्यक्रम फोनिज सिन्धुलीका अध्यक्ष रोहित गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथ तीनपाटन गाउँपालिकाका अधक्ष्य तथा गाउँपालिका महासंघ बागमती प्रदेशका सभापति कर्ण थापा मगरले पत्रकारहरुले सबैभन्दा पहिला पत्रकारिताको धर्म अनुसार आफ्नो पेशालाई अगाडि बढाउनुपर्ने बताउनुभयो । पहिचानको आधारमा जातिगत संस्कार संस्कृतिलाई प्रवर्द्धन गर्न कलम चलाउनुपर्ने फोनिजकर्मीको जिम्मेवारी सँगसँगै समग्र समाज परिवर्तनको लागी निश्पक्ष ढंगले कलम चलाउनु पत्रकारिताको मूल मर्म र प्रमुख दायित्व पनि रहेको उहाँले बताउनुभयो । पत्रकारिता र लोकतन्त्र एकअर्काका पर्याय भएको हुनाले पत्रकारिता रहे मात्रै अन्य उदेश्य प्राप्त हुने भएकोले सबै पक्ष जिम्मेवार ढंगले अघि बढ्नुपर्ने आजको आबश्यकता रहेको उहाँको भनाई थियो।

लोकतन्त्रमा राजनीतिक दलप्रति आस्था राख्नु अन्यथा नभएपनि पत्रकारले सम्प्रेषण गर्ने समाचारमा भने दलप्रतिको झुकाब झल्कन नहुने उहाँले बताउनुभयो।

अन्तरक्रिया कार्यक्रममा विशिष्ट अतिथि फोनिजका बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठले फोनिजको स्थापना जातिगत नाराले समाजलाई विभाजन गर्नको लागि नभई पत्रकारिता मार्फत आदिवासी जनजातिका मुद्दालाई स्थापित गर्न र पत्रकारितामा लाग्नुभएका आदिवासी जनजाति पत्रकारहरूको दक्षतालाई सबलीकरण गर्न भएको बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले भन्नुभयो “आदिवासी जनजाति पत्रकारहरुले समाचार लेख्दा पाँचवटामा दुईटा समाजका अन्य पक्षमा बारेमा लेख्दै गर्दा बाकी तीनवटा जनजातिका अवस्था र जनजातिका आवश्यकताको बारेमा समाचार लेखियोस्।”

कार्यक्रममा अतिथीहरु नेपाल आदिवासी जनजाति महासङ्घ सिन्धुलीका सचिव इन्द्र भुजेल, नगर सभापति राजकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष बिमला पाण्डे, नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका सभापति बाबुराम देवकोटा,पूर्व सभापति द्वारिका काफ्लेले मन्तव्य राख्नुभएको थियो।

त्यसैगरी अन्तरक्रिया कार्यक्रममा नेपाल प्रेस युनियन सिन्धुली शाखाका अध्यक्ष बरुण लामिछाने, प्रेस सेन्टर सिन्धुलीका अध्यक्ष बुद्ध नेपाली लगायतले आफ्ना विचार व्यक्त गर्नुभएको थियो।

स्थापना दिवसको अवसर पारेर फोनिज सिन्धुलीले स्वर्गीय पत्रकार अञ्जन रानाको परिवारलाई आर्थिक सहयोग र आदिवासी जनजातिको बारेमा समाचार सम्प्रेषण गरेबापत पत्रकार जीबी श्रेष्ठलाई सम्मान सहित यस वर्षको नेपाल आदिवासी जनजाति पत्रकार पुरस्कार वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *