सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यू

तरङ्ग खबर                                                    सिन्धुलीमाढी असार १६ शुक्रवार । सिन्धुलीमा शुक्रवार राती करिव १२ बजे मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यू भएको छ ।

मदन भण्डारी राजमार्ग अन्तर्गतको कमलामाई नगरपालिका-१४ स्थित रानिवास सडक खण्डमा भिमानबाट रानिवास तर्फ जाँदै गर्दा मोटर साइकल आफै अनियन्त्रित भै दुर्घटना भएको जिल्ला प्रहरी  कार्यालय सिन्धुलीले जनाएको छ। सोही स्थान बस्ने २१ बर्षिय मनिश धामीले चलाएको ज ४ प ३४९८ नम्बरको मोटरसाइकलमा सवार ३ जना मध्य  क.न.पा.- १४ चन्दनपुर निवासी बर्ष ३५ को राजेन्द्र कुवंर दनुवारको छात्ति र टाउकोमा  गंभिर चोट लागेको थियो । उनलाई उपचारको लागि जनसेवा अस्पताल बर्दिबासतर्फ लाने क्रममा बाटोमानै मृत्यु भएको उक्त अस्पतालको चिकित्शकले घोषणा गरेको थियो ।

अर्का सवार सोही स्थान निवासी १४ बर्षिय करण कुमरको दायाँ कुम र दायाँ हातमा चोट लागि जनसेवा अस्पताल बर्दिबासमा उपचार भईरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय भिमानबाट आवश्यक अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *