तरङ खवर सिन्धुलीमाढी वैशाख ८ सोमबार। सायद तपाईलाई पनि एक अपरिचित महिलाबाट फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आएको हुनसक्छ। सावधान रहनुहोला। किनकी उक्त अपरिचित व्यक्ती बाट तपाईं फस्ने निश्चित छ।
राधिका अग्रवाल नामको फ्रेन्ड रिक्वेस्ट एसेप्ट गर्दा सिन्धुलीमा पनि धेरै जना फन्दामा परेको खबर प्राप्त भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायव उपरिक्षक अनिल कुमार खडकाका अनुसार अहिलेसम्म ३ जनाले उक्त नाम गरेको फेसबुक प्रयोगकर्ताले ब्ल्याकमेल गरेको उजुरी परेको जानकारी दिनुभयो। खडकाका अनुसार राधिका अग्रबाल गरेको प्रयोगकर्ताले फ्रेन्ड रिक्वेस्ट पठाउने गरेको र एसेप्ट गर्ने बित्तिक्कै मेसेन्जरमा लिन्क पठाउने गरेको छ।
लिन्क खोल्नु भयो भने महिलाको अश्लिल भिडियोसंग तपाईं कुराकानी गरेको इन्टर्फेस आउने गर्दछ, डिएसपी अनिल कुमार खड्का बताउनुहुन्छ। त्यही इन्टरफेसलाई रेकर्ड गरेर पछि ब्ल्याकमेल गर्ने गरेको उहाँको भनाई छ।
महिलाको युजर नेम अङ्रेजीबाट Radheeka Agrawal रहेको छ। ठेगाना बैंगलोर इण्डिया लेखिएको प्रोफाइललाई स्कृन सट गर्न नमिल्ने बनाईएको छ। प्रोफाइलमा शिवानी राज ब्युटी पार्लर उल्लेख गरिएको छ।
सिन्धुली प्रहरी प्रबक्ता खड्काले सामाजिक सन्जाल प्रयोगकर्तालाई उक्त आइडीबाट सजक रहन अनुरोध गर्दै यस्तै अन्य अपरिचित ब्यक्तीबाट आएको रिक्वेस्ट र लिन्क स्विकार नगर्न सचेत गराउनुभएको छ। उहाँका अनुसार उजुरी कर्ताले दिएको सुचनाको आधारमा प्रयोगकर्ताको बारेमा जानकारी लिने प्रयास भैरहेको छ।