तरङ खवर सिन्धुलीमाढी माघ २३ बुधबार। कमलामाई नगरपालिका सिन्धुलीले पालिकाबाट सहुलियतमा ऋण लिएकाहरुलाई ऋण फिर्ता गर्न सुचना निकालेको छ।
नगरपालिकाले आज सुचना प्रकाशित गरि आर्थिक बर्ष ०७७/७८ र ०७८/७९ मा बिना धितो बिना ब्याज पालिकाबाट ऋण लिएकाहरुलाई ऋण रकम फिर्ता गर्न आग्रह गरिएको हो। कमलामाई नगरपालिकाले उध्योग तथा व्यापार प्रबर्धन शाखा मार्फत नगरभित्रका युवाहरुलाई नगर युवा स्वारोजगार कार्यक्रम अन्तर्गत बिना धितो बिना व्याजमा ऋण उपलब्ध गराएको थियो।
समयावधी समाप्त भएपनी ऋण फिर्ता नगरेकाले सुचना मार्फत जानकारी गराउनु परेको लेखा अधिकृत सुशील कुमार बर्माद्वारा हस्ताक्षरित सुचमामा उल्लेख गरिएको छ। कार्यालयबाट बारम्बार पत्राचार गर्दापनी ऋणिहरुले बेवास्ता गरेका र सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र चुक्ता नगरे नाम सार्बजनिक गरि ऋण रकम असुल गरिने सुचना मा भनिएको छ।