तरङ खवर सिन्धुलीमाढी पुस १५ सोमवार। हेटौडामा पुस १० देखि शुरु भएको दोश्रो बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा सिन्धुलीले पुन: जित हासिल गरेको छ।
एन्फा बागमती प्रदेशद्वारा आयोजित आज भएको क्वाटर फाइनल खेलमा निर्धारित ८० मिनटमा सिन्धुलीले सिन्धुपाल्चोकलाई २-१ को गोल अन्तरले पराजित गरेको हो। यस अघि पुस ११ गते भएको खेलमा ब्लु अल्पाइन क्लब सिन्धुलीले भक्तपुरलाई ३-० ले हराएको थियो।
यो जित संगै सिन्धुली सेमिफाइनलमा प्रबेश गरेको छ।