डकाहामा खानेपानी आयोजना सम्पन्न, करिब ९० घरधुरी लाभान्वित हुने

तरङ खवर                                                       सिन्धुलीमाढी मंसिर ३ सोमबार। नेपाल सरकारको लगानीमा सिन्धुलीको दुधौली नगरपालिकामा सन्चालित बृहत् खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ।

दुधौली नगरपालिका-४, डकाहामा सम्पन्न भएको आयोजनालाई सिन्धुली क्षेत्र नम्बर १ का प्रतिबिधी सभा सदस्य श्याम कुमार घिमिरेले आज उद्घाटन गर्नु भएको छ। नेपाल सरकारको ८० लाखको लगानीमा सन्चालित आयोजनाले डकहाको कट्टी, नयाँबजार र बनगारा लगायतको बस्तिका करिब ९० घरधुरि लाभान्वित हुने वडा अधक्ष्य रितेश बिकले बताउनु भयो।

बाकी क्षेत्रको खानेपानीको समस्या समाधान गर्न १ करोड ३० लाख बराबरको आयोजनाको टेन्डर प्रक्रियामा गैसकेको र यो संगै डकाहा क्षेत्रको करीब ५ सय घरधुरीमा खानेपानी धारा पुर्याउने लक्ष्य रहेको बिकले जानकारी दिनुभयो।

उदघाटन कार्यक्रममा दुधौली नगरपालिकाका उपप्रमुख चन्द्रकिशोर थारु, नगरका प्रबक्ता तथा वडा नम्बर १३ का वडा अधक्ष्य दिपक खडका लगायतको उपस्थिती रहेको थियो।      (फोटो साभार: दाताराम गौतम)

Leave a Reply

Your email address will not be published. Required fields are marked *