तरङ खवर
सिन्धुलीमाढी साउन २८ सोमवार। ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने नाराका साथ २५ औँ अतराष्ट्रीय युवा दिवस आज सिन्धुलीमा सम्पन्न भएको छ।
जिल्ला युवा सन्जाल सिन्धुलीका कार्यवाहक अधक्ष्य सन्देश अधिकारीको संयोजकत्वमा बिहान सिन्धुली सदरमुकाममा प्रभातफेरि गरि बेलुकि लोकतान्त्रीक चोकमा दिप प्रज्ज्वलन गर्दै दिवस मनाएको हो। प्रभातफेरी कार्यक्रमलाई प्रमुख जिल्ला अधिकारी भरत खनाल तथा दिप प्रज्ज्वलन कार्यक्रमलाई जिल्ला समन्वय समिती सिन्धुलीका उपप्रमुख शान्ता कार्कीले प्रमुख आतित्यथा गर्नुभएको थियो।
कार्यक्रममा वक्ताहरुले युवाहरुलाई सबल बनाउन राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने तथा रोजगारमुलक शिक्षा र सिपमुलक तालिम व्यबस्था गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो। आजको चुनौती युवाहरुलाई देशमा अड्याउनु रहेको उहाहरुको भनाई थियो।
आज दिनभर नारासंग सम्बन्धित अन्तरकृया, छलफल, चित्रकला, बतृत्वकला लगायतका कार्यक्रमहरु आयोजना गरिएको सन्जालका कावा अधक्ष्य सन्देश अधिकारीले जानकारी दिनुभयो।
जिल्ला युवा सन्जालको आयोजनामा भएको कार्यक्रमलाई प्लान नेपाल, हाण्ड्स नेपाल, सिड्स नेपाल तथा जनजाती समाज बिकास कार्यक्रम (JSDP) ले सहयोग गरेको थियो।