आयुर्वेदिक सेवा प्रबर्द्दन गर्ने उदेश्यले आज सिन्धुलीमा स्थानीय पत्रकारहरुसङ्ग अन्तरकृया कार्यक्रम सम्पन्न

तरंग खवर
सिन्धुलीमाढी असार १९ मंगलवार । सिन्धुलीमा आयुर्वेद सेवा प्रबर्द्दन गर्ने उदेश्यले आज स्थानीय पत्रकारहरुसङ्ग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीको आयोजनामा भएको कार्यक्रमलाई प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले प्रमुख आतिथ्यता गर्नुभएको थियो।

प्रमुख अतिथी नेपालले कार्यक्रमलाई सम्बोधन गर्नुहुदै जिल्लाका कुना कुनामा रहेका आमा बुबा,दाजु भाइ तथा दिदीबहिनीहरुलाई सेवा पुर्याउनु आजको आबश्यकता रहेको बताउनुभयो। उहाँले यसको लागी स्वास्थ्य केन्द्रको सेवाको बारेमा सबैलाई जानकारी गराउन पत्रकारहरुलाई आग्रह गर्नुभयो।

अन्तर्कृया कार्यक्रमको अधक्ष्यता गर्नुभएका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीका प्रमुख अर्जुन उपाध्यायले उपस्थित पत्रकारहरुलाई आयुर्वेद स्वास्थ्य केन्द्रबाट संचालित सेवाहरु, सेवा विस्तारको स्थिति, सञ्चालन गरिएको कार्यक्रम तथा सेवा विस्तारका समस्या र समाधान उपायहरु लगायतका बारेमा जानकारी गराउनुभएको थियो ।
उहाँले बिभिन्न रोगका कारणहरु तथा त्यसको आयुर्वेदिक उपचारको बारेमा पनि जानकारी गराउनुभएको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरि घिमिरे लगाएत जिल्लाका करिब ३ दर्जन पत्रकार तथा आयुर्वेद स्वास्थ्य केन्द्रका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *