गर्मीका कारण दुधौलीमा जनजिवन कष्टकर, पालिकाद्वारा बिद्यालय एक हप्ता बिदा

तरँग खवर
सिन्धुलीमाढी जेठ २० शनीवार । अत्याधिक गर्मी बढेको कारण दुधौली नगरपालिका सिन्धुलीले एक हप्ताको लागि बिद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

शुक्रबार एक सुचना जारी गरि सो कुराको जानकारी गराइएको हो। अत्याधिक गर्मी बढेको कारण बिद्यार्थीको पठन पाठनमा असर पर्न गएकाले जेठ २१ गते आइतबारदेखि २६ गते शुक्रवारसम्म नगरपालिका भित्रका बिद्यालयहरु बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख दिनेश अधिकारी दनुवारद्वारा हस्ताक्षरित सुचनामा उल्लेख छ।

शुक्रवार बसेको पालिका बैठकले बर्खे बिदामा कट्टा हुने गरि बिदा मिलाएको उल्लेख गरिएको छ। कक्षा ११ को परीक्षा सुचारु हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *