जे एस डि पिको घोषणा पत्र निर्माण र प्रचार सम्बन्धी कार्यक्रम आज सम्पन्न

सिन्धुली माढी फागुन ५ शनिवार । नेतृत्व र निर्णय परियोजना अन्तर्गत २ दिने “परिवर्तनका संवाहक कक्षाका सहभागीहरुबाट घोषणापत्र निर्माण तथा प्रचार” नामक कार्यक्रम आज सम्पन्न भएको छ ।

सदरमुकाम स्थित गैर सरकारी संस्था ‘जनजाती समाज बिकास कार्यक्रम’ को आयोजनामा भएको २ दिने कार्यक्रममा जिल्लाका ६ पालिकाबाट आएका प्रतिनिधि बालबालिकाहरुले बाल अधिकार संबन्धी घोषणा पत्र तयार गरेका थिय । आजको समापन कार्यक्रममा आसन्न स्वबियु निर्वाचनको सन्दर्भ पारेर निर्वाचनमा बालबालिकाको दुरुपयोग नगरुन भनी विभिन्न बिध्यार्थी संघ/संगठनका प्रतिनिधिबाट प्रतिबद्दता लिइएको थियो।

आमन्त्रीत बिध्यार्थी संगठनका प्रतिनिधिहरुले कार्यक्रममा सहभागी भएका बालबालिकाले तयार गरेका घोषणापत्रको आधारमा प्रतिबद्दता ब्यक्त गर्नुभएको थियो। बिध्यालयमा राजनितिक गतिबिधी गरिन नहुने, बिध्यालयको संरचना छात्रामैत्री तथा अपांगमैत्री पनि हुनुपर्ने, क्याम्पसको राजनितिक गतिबिधिमा बालबालिका प्रयोग गर्न नहुने लगायतका बुँदा घोषणापत्रमा उल्लेख गरिएको थियो।

सहभागी बिध्यार्थी संगठनका प्रतिनिधीहरुले बिध्यार्थीको राजनिती घोषणापत्रमा उल्लेखित बुँदा पूरा गर्न भएकोले आफुहरु यो बिषयमा इमान्दारिताका साथ अघि बढ्ने बताएका थिय ।

प्लान नेपालको सहयोगमा रातमाता स्थित एक होटलमा सम्पन्न कार्यक्रममा नेबिसंघका तर्फबाट भरत बिक र कृष्ण लामिछाने, अनेरास्वबियूबाट सन्तोश घिमिरे र सुमन बराल त्यस्तै अखिल क्रान्तिकारिको तर्फबाट भानुभक्त श्रेष्ठले सहभागिता जनाउनु भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *