तरँग खवर
सिन्धुलीमाढी, फागुन ३ बुधवार । प्रजातन्त्र दिवसको अवसर पारेर नेपाली काँग्रेस सिन्धुली प्रदेश २ ‘क’ले कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।
प्रशिक्षण कार्यक्रम फागुन ८ र ९ गते सन्चालन हुने प्रदेश २ क का सभापति विजय कुँवरले जानकारी दिनुभएको छ । प्रशिक्षण कार्यक्रमको उद्घाटन नेपाली काँग्रेसका नेता डा. शेखर काईरालाले गर्नुहुनेछ । नेता तथा कार्यकर्तालाई प्रशिक्षणका लागि अर्थविद् तथा नेपाली काँगेसका युवा नेता स्वर्णिम वाग्ले, केन्द्रिय सदस्य प्रकाश स्नेही र शुसिला मिश्र आमन्त्रण गरिएको सभापति कुँवरले वताउनु भयो ।
प्रदेश २ ‘क’को प्रशिक्षण कार्यक्रममा कमलामाई नगरपालिकाका १४ वडा र सुनकोशी गाउँपालिकाको ७ वडा गरी जम्मा २१ वडाबाट करिव २ सय जना सहभागी हुने कुँवरले वताउनुभयो । उहाँका अनुसार प्रत्येक वडाबाट १ सभापति १ महिला र १ दलित गरी जम्मा ५ जनाको सहभागिता रहनेछ । कमलामाई नगरपालिकाको ९,१३ र १४ वडा भिन्न प्रदेशमा रहेपनि नगरपालिकाभित्र रहेकाले नछुटाइएको उहाँको भनाइ थियो ।
वदलिँदो परिवेशमा काँग्रेसले अँगिकार गरेको प्रजातान्त्रिक समाजवादको महत्व र यसको पालनाको लागि नयाँ पिडिका नेता तथा कार्यकर्तालाई जानकारी गराउन यो कार्यक्रमको आयोजना गरिएको प्रदेश सचिव देव नेपालको भनाई थियो ।
२००७ सालमा राणा विरोधि आन्दोलन गरेर नेपाली काँग्रेसको अगुवाईमा प्रजातन्त्र स्थापना भएकाले सो दिनको स्मरणमा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइने गरिन्छ ।