सिन्धुलीमा जेष्ठ नागरिक तथा विपन्न वर्गलाई ब्ल्याङ्केट वितरण

नौलो तरङ्ग खबर
माघ १२ सोमबार, सिन्धुलीमाढी । नेपालको मित्र राष्ट्र भारतको ७७ औँ गणतन्त्र दिवसको अवसरमा नेपाल भारत मैत्री सङ्घ जिल्ला शाखा सिन्धुलीले सिन्धुलीमा रहेका जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरुलाई ब्ल्याङ्केट वितरण गरेको छ ।

केन्द्रिय कार्यालयको समन्वयमा भएको उक्त कार्यक्रमको अध्यक्षता जिल्ला शाखा अध्यक्ष प्रकाश कुमार वर्माले गर्नुभएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका अध्यक्ष अशोक श्रेष्ठ, उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ तथा आयोजक संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

मित्र राष्ट्र भारतको ७७ औँ गणतन्त्र दिवसको अवसरमा केन्द्रिय कार्यलयबाट प्राप्त ब्ल्याङ्केटहरु शारिरीक रुपमा अशक्त, न्युन आय भएका तथा बेसाहारा करिव १ दर्जन जेष्ठ नागरिकहरुलाई वितरण गरिएको कोषाध्यक्ष बलराम अधिकारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *