नौलो तरङ्ग खबर
पुस ३० बुधबार÷ सिन्धुलीमाढी । मंगलबार साझ करिव ७ वजे सिन्धुलीको घ्याङलेख गाउँपालिका स्थित नेपाल एस.वि.आई बैंकबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपैया लुटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घ्याङलेखका–२ को वस्तीपुर हायुटारमा रहेको नेपाल एस वि आइ बैंकबाट पुस २९ गते मंगलबार राती उक्त रकम लुटेराहरुले लगेकोमा तत्काल प्रहरी र स्थानीयले खोज तलास गर्दा १ करोड ८० लाख १० हजार ५ सय रुपैया फेला परेको प्रहरीले जानकारी दिएको छ । उक्त रकम भाग्दै जादाँ बाटोमा छाडेको अवस्थामा फेला परेको हो ।
प्रहरीका अनुसार द्यब्म् ०३९८ नम्वरको टाटा सुमो जीपमा आएका ५÷६ जनाको समूहले घटना घटाएको र उक्त समूह बनेपाबाट जिप रिजर्भ गरी ल्याएका थिए ।
लुटेरा समूहले बैंकका सुरक्षाकर्मी रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिई रकम लुटेका थिए । सुरक्षाकर्मीलाई खुकुरी प्रहार गरी सामान्य घाइते पनि बनाएको छ ।
प्रहरीले जिप र चालक भवत सिंह थापालाई पनि नियन्त्रणमा लिएको छ । घटनाको सम्बन्धित लुटेराहरुको तीव्र खोज एवं व्यापक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।