कसरी लुटियो घ्याङ्लेख एसविआइ बैंक ?

नौलो तरङ्ग खबर
पुस ३० बुधबार÷ सिन्धुलीमाढी । सिन्धुलीको घ्याङ्लेख गाउँपालिका स्थित नेपाल एस.वि.आई बैंक मंगलवार साझ लुटिएको छ ।
टाटा सुमोमा आएका लुटेराहरुले अचानक हमला गरी बैंक लुटपाट गरेको बंैकमा कार्यरत सुरक्षाकर्मीको भनाइ छ । लुटेराहरु ७ जनाको समुहमा आएको उनको भनाई छ । स्थानीय विर्खबहादुर बम्जनसँग प्रतिक्रिया दिदै सुरक्षाकर्मीले भन्नुभयो “७ जनाको समुहमा आएका लुटेराहरुले अचानक माथि कोठामा आई ममाथि हमला गरे । खुकुरी देखाई मलाई कोठामा वन्धक बनाए । तल गएर लुटपाट गरे ।”

उहाँका अनुसार बैंकका अन्य कर्मचारीहरु खाना खान गएको मौकामा अचानक हमला गरेको हो । “करिव साढे ६ वजेको थियो । बंैकका चारजना स्टाफहरु खाना खान बाहिर जानुभएको थियो । म कोठामा एक्लै थिएँ । ७ जनाको समूहमा आएको लुटेराहरुले हातहतियार देखाई मलाई आक्रमण गरयो ।”

सवै लुटेराहरुले मखुण्डो लगाएको कारण कसैको पहिचान गर्न नसक्ने उहाँ बताउनुहुन्छ । चार जनाले मार हान्ने खुकुरी बोकेको र दुईजनाले पेस्तोल पनि बोकेको बैंक सुरक्षाकर्मी बताउनुहुन्छ । उनीहरुले उक्त घरका सवैलाई बन्धक बनाएको देखिन्छ । घरको माथिल्लो तल्लामा बस्दै आएका एन जि ओ का एक कर्मचारीलाई पनि कोठामा नै बन्धक बनाइसकेको थियो । लुटपाट गर्दागर्दैको अवस्थामा बैंकका कर्मचारीहरु पनि आइपुगेका थिए । चारजना कर्मचारीलाई लुटेराहरुले हतियार देखाई कोठामा थुनेर राखेका स्थानीय विर्खबहादुर बम्जनसँगको कुराकानीमा बताइएको छ ।

बैंक सुरक्षाकर्मीको हातमा चोट लागेको छ । सुरक्षाकर्मी र कर्मचारी बस्ने पहिलो तल्लामा दुई कोठामा उनीहरुलाई बन्धक बनाई भूईतलामा लुटपाट भएको थियो । “लुटपाट भएर गैसकेपछि नजिकै रहेको प्रहरीलाई जानकारी भयो । उहाँहरु आउनुभए पछि हामीलाई कोठा खोली हामीलाई बाहिर ल्याउनुभयो ।

लुटेराहरु आएको टाटा सुमोसहित चालकलाई रातीनै सुरक्षाकर्मीले नियन्त्रणमा लिइसकेको छ । बैंकबाट के कति रकम लुटपाट भयो त्यसको एकिन विवरण आउन सकेको छैन । तर रातीनै बाटोमा स्थानीयले प्रतिकार गर्दा छोडेर गएको एक बोरा पैसा प्रहरीलाई जिम्मा लगाइएको छ । अर्काे बोरा पनि जंगलबाट बरामद गरिएको छ ।

स्थानीय र प्रहरीले राती जंगलमा लुटेराहरुको खोजतलास गरेपनि भेटाउन सकेको थिएन । लुटेराहरु बनेपाबाट टाटा सुमोमा आएको भनिएको छ । प्रारम्भिक सोधपुछमा उनीहरुले चालकलाई विहेमा हिडेको जानकारी दिएको चालकको भनाइ छ ।

लुटेराहरु भाग्न सक्ने नाकाहरुमा प्रहरी परिचालन गरिएको छ । घटनाको जानकारी पश्चात जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एस पी) लालध्वज सुवेदी सहितको टोली राती नै घटनास्थल पुग्नुभएको थियो । लुटेराहरु भाग्न सक्ने नाकाहरुमा व्यापक प्रहरी परिचान गरिएको प्रहरीको भनाई छ ।

चालकको संलग्नता र लुटेराहरुको पहिचान र घटनाको वारेमा गहन अनुसन्धान भएरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *