दुधौलीमा मोटरसाइकलको ठक्करले पैदल यात्रु गम्भिर घाईते

तरँग खबर
सिन्धुलीमाढी असोज २६ आइतबार । सिन्धुलीको दुधौली नगरपालिका–२, रतनपुरमा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिई भएको दुर्घटनामा पैदल यात्रु सहित चालक पनि गंभिर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिए अनुसार मदन भण्डारी राजमार्ग अन्तरर्गतको सडकखण्डमा भिमानबाट डकाहा जादै गरेको बा.४५ प ३८०४ नम्बरको मोटरसाइकलले कमलामाई नरपालिका– १४, चन्दनपुर निवासी ५० वर्षिया खप्टर्नी अधिकारीलाई ठक्कर दिएको हो । आज विहान करिव साढे ७ बजेको समयमा चन्दनपुर घर भएका अधिकारी आफ्नो माईती रतनपुर जादै गरेको अवस्थामा ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मोटरसाईकल चालक महोत्तरी जिल्ला बर्दिबास नगरपालिका–३, गौरीडाडा निबासी २५ बर्षिय निर्जल पौडेलको शरिरका विभिन्न भागमा चोट लागेको छ भने पैदल यात्रु अधिकारीको टाउको र देब्रे खुट्टामा चोट लागेको छ ।
घाईते दुबैको अवस्था गंम्भिर रहेकोले थप उपचारको लागि बर्दिबास तर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ । मोटरसाईकल भने प्रहरीको नियन्त्रणमा रहेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *