तरङ खवर सिन्धुलीमाढी वैशाख ३० मंगलबार। उदयपुरको कटारीबाट सिन्धुली तर्फ आउदै गरेको कारले ठक्कर दिदा एक बालक को ज्यान गएको छ ।
आज बिहान करिब साढे ११ को समयमा कटारीबाट सिन्धुलीको दुधौली नगरपालिकाको ड्काहा बजार आउदै गरेको BAB ०१८८ नम्बरको कारले ठक्कर दिदा दुनपा-८ चिहानडाडा निबासी १० बर्षिय बालक मन्देश सदाको मृत्यू भएको प्रहरीले जानकारी दिएको छ।
स्थानिय गंगारामका छोरा मन्देशलाई कारले मदन भण्डारि राजमार्ग अन्तरगतको दुधौली नपा-८ स्थित खोरभन्ज्याङ्गमा ठक्कर दिदा टाउको , बायाँ खुट्टा लगायतका अंगहरुमा गम्भीर चोट लागेको थियो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घाइतेलाई उपचारका लागि दुधौली नगर अस्पताल सिर्थौलीमा लगिएकोमा करिब १२ बजे चिकित्सकले मृत घोषणा गरेको हो।
संखुवासभा जिल्ला चैनपुर न.पा-१० बस्ने बर्ष ३४ को चालक रामकुमार राईलाई प्रहरीले नियन्त्रण्मा लिएको छ।