तीनपाटनमा अन्तरपालिका स्तरिय भलिवल प्रतियोगिता हुने

तरङ खवर                                                       सिन्धुलीमाढी वैशाख १० बुधबार। सिन्धुलीको तिनपाटन गाउँपालिकाको आयोजनामा दोश्रो अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिता सन्चालन हुने भएको छ।                प्रमुख प्रशासकिय अधिकृत टंक नेगिले बैशाख ९ गते सुचना प्रकाशित गरि प्रतियोगिता सन्चालनको जानकारी गराउनुभएको हो।

तिनपाटन गाउँपालिकाको सदरमुकाम चकमकेमा वैशाख २२ गतेदेखि सञ्चालन हुने पुरुष तथा महिलातर्फको भलिबल प्रतियोगितामा सिन्धुली जिल्लाको सबै पालिकाहरूको सहभागिता रहने खेलकुद संयोजक बिष्णु स्याङ्गतानले जानकारी दिनुभएको छ ।

प्रतियोगितामा महिला तथा पुरुष भलिबल तर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमश: नगद रु १ लाख १ हजार, ५१ हजार र ३१ हजार पुरस्कार साथै शिल्ड तथा मेडल प्रदान गरिने बताइएको छ।

प्रतियोगितामा सहभागि हुन नगद रु ३ हजार दर्ता शुल्क लाग्ने र वैशाख १७ गतेसम्म टिम दर्ता गर्न सकिने खेलकुद संयोजक स्याङ्गतानले जानकारी दिनुभयो ।

हरेक पालिकाले एक टिम मात्र सहभागी गर्न सकिने र खेलाडीहरु सम्बन्धित पालिकाकै हुनुपर्ने अन्यथा सहभागी टिम स्वतः खारेज हुने प्रतियोगिता सन्चालनको शर्तमा उल्लेख गरिएको छ।

गाउँपालिका खेलकुद समितिको सहजीकरणमा सञ्चालन हुने  भलिबल प्रतियोगिता तीनपाटन गाउँपालिकाको चकमके बजार स्थित खेलकुद मैदानमा बैशाख २२ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *