तरङ खवर सिन्धुलीमाढी वैशाख ३ बुधबार। सिन्धुलीको मरिण गाउँपालिका स्थित पालिका हस्पिटलमा डिजिटल एक्स रे मेसिनको सुबिधा थपिएको छ।
बुधबार पन्चधुरा सर्जिकल कम्पनी बर्दिबासले एक्स रे मेसिन उपलब्ध गराएपछी सो सुबिधा शुरु हुने निश्चित भएको पालिका अधक्ष्य विमर्श मोक्तान (प्रख्यात)ले जानकारी दिनुभयो। मेसिन खरिद गर्न यस अघिकै बर्षमा बजेट छुट्याइएको भएपनी प्रकृयागत समस्या र प्राबिधिक कारणले ल्याउन नसकिएको उहाँले बताउनु भयो।
५ बेडको हस्पिटलले अहिले १५ बेडको स्वीकृति पाएर नया भवन पनि बन्दै गरेकोले सुबिधा थप्न लागिएको अधक्ष्य मोक्तानको भनाई थियो।
उहाँका अनुसार अस्पतालले मरिण गाउँपालिका सँगै हरिहरपुर, घ्याङ्गलेख र मरिण गाउँपालिकाको सिमासंगै जोडिएको कमलामाई नगरपालिका र लालबन्दीका सेवाग्राहीहरुलाई सुबिधा उपलब्ध गराउदै आएकोले स्वास्थ्यमा विशेष लगानी गर्नुपरेको हो।
DR system को डिजिटल एक्सरे मेसिनलाई २६ लाख लागत परेको अधक्ष्य मोक्तानले जानकारी दिनुभयो।
यस अघिको म्यानुअल एक्स रे मेसिनले अस्पष्ट नतिजा र समय पनि ज्यादा लिने गरेको अस्पताल प्रमुख डाक्टर महेश कुमार श्रेष्ठले जानकारी दिनुभयो। अहिलेपनी दैनिक १० देखि १५ जनालाई एक्स रे गराउदै आएका छौ, म्यानुअल मेसिनले धेरै समस्या दिदै आएको छ अब नयाँ डिजिटल मेसिन शुरु भएसंगै एक्स रेको लागि पालिका बाहिर जानू नपर्ने डाक्टर श्रेष्ठले दाबी गर्नुभयो।
अस्पताल प्रमुख डाक्टर श्रेष्ठका अनुसार मेसिन जडान गरि सेवा शुरु गर्न करिब एक साता लाग्ने छ।