तरङ खवर सिन्धुलीमाढी माघ १९ शनिबार। सुनसरीको इटहरिमा सम्पन्न दोश्रो सगरमाथा खुल्ला राष्ट्रीय र्यान्किङ्ग व्याड्मिन्टन प्रतियोगितामा सिन्धुलीका प्रतियोगीहरु प्रथम भएका छन। प्रतियोगितामा सन्चालन भएका विभिन्न १५ बिधा अन्तर्गत कर्पोरेट डबल खुल्ला प्रतियोगिता तर्फ सिन्धुलीका खेलाडीहरु दिपेन्द्र बस्नेत र सोम श्रेष्ठको जोडि प्रथम भएको हो। आज सम्पन्न फाइनल खेलमा सिन्धुलीका खेलाडीहरुले संखुवासभाको टिमलाई जितेर प्रथम स्थान हासिल गरेको खेलाडी दिपेन्द्र बस्नेतले जानकारी दिनुभयो। यसैगरि आजै सम्पन पुरुष सिङ्गल अन्डर १५ तर्फको खेलमा सिन्धुली तिनपाटनका इमा तामाङ्गले तेश्रो स्थान हासिल गरेको बस्नेतले बताउनुभयो। माघ १६ गतेदेखी सन्चालन भएको ब्यडमिन्टन प्रतियोगिता नेपालकै सबैभन्दा धेरै बिधाहरु संलग्न रहेको प्रतियोगिता भएको आयोजकको दाबी छ। प्रतियोगितालाई सुनसरी ब्याडमिन्टन एकेडेमीले आयोजना गरेको हो।
इटहरीमा सम्पन्न ब्याडमिन्टन प्रतियोगितामा सिन्धुलीका बस्नेत र श्रेष्ठको जोडि प्रथम