तरङ खवर सिन्धुलीमाढी पुस ११ बिहिवार। हेटौडामा बुधवारदेखि शुरु भएको दोश्रो बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न पहिलो खेलमा सिन्धुलीले बिजय हासिल गरेको छ।
एन्फाद्वारा आयोजित आज भएको खेलमा निर्धारित ९० मिनटमा सिन्धुलीले भक्तपुरलाई ३-० को गोल अन्तर्गतले पराजित गरेको हो। सिन्धुली जिल्लाको प्रतिनिधित्व गर्दै प्रदेश स्तरिय फुटबल प्रयियोगितामा ब्लु अल्पाइन क्लब सिन्धुलीले आफ्ना खेलाडी सामेल गराएको क्लबका अधक्ष्य सुरेश थापामगरले जानकारी दिनुभयो।
खेलमा पहिलो गोल गरि सिन्धुलीलाई अग्रता दिलाएका तथा खेल अबधी भर उत्कृष्ट खेले बापत क्लबका नियमित खेलाडी रबि महतरा म्यान अफ द म्याच घोषित भएका थिय ।