हरिहरपुरमा बम्जनमाथी गोलि प्रहार गर्नेमध्य एक पक्राउ

तरङ खवर

सिन्धुलीमाढी कार्तिक २७ मंगलबार। कार्तिक २५ गते आइतवार सिन्धुलीको हरिहरपुर गाउँपालिकामा मोटरसाइकल सबार प्रेमबहादुर बम्जनलाई गोलि प्रहारमा संलग्न तीन जना मध्य आज एक जनालाई पक्राउ गरिएको छ। 

पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका-७ तुफानपुर निवासी प्रमानन्द ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो। मकवानपुरको बामती गा.पा.१ बोटगाउँ निवासी बम्जन आफ्ना भाइ दिलबहादुर बम्जनसंगै रौतहट बाट मकवानपुर जाने क्रममा सिन्धुलीको हरिहरपुर गा.पा.६ झप्सी स्थित बाबजी खोल्सीमा आक्रमणमा परेका थिय। तीन जनाको समुहमा रहेका आक्रमणकारीले गोलि प्रहार गर्दा चालक प्रेमबहादुर बम्जनको गालामा लागेको थियो ।

बन्जनलाई उपचारका लागि तत्काल बिरगन्ज हुँदै काठमाण्डौ लगिएको थियो। आक्रमण पश्चात  सर्लाही, मकवानपुर, काभ्रे र सिन्धुलीको प्रहरिले सयुंक्त रुपमा अनुसन्धान गर्दा आक्रमणकारी पत्ता  लागेका सिन्धुली प्रहरी प्रमुख काफ्लले बताउनुभयो।

आक्रमणकारी ठाकुरलाई सर्लाहीको बागमती न.पा.१२ स्थित बथाने टोलबाट सोमवार करिब ४ बजे पक्राउ गरिएको हो। ठाकुरलाई सिन्धुली जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान गरिदै छ भने बाकी २ जनाको खोजी भैरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *