तरङ्ग खबर
सिन्धुलीमाढी असोज २१ सोमबार ।आज सिन्धुलीमा भएको बस दुर्घटनामा मृत्यू भएका दुई मध्य एकको सनाखत भएको छ।
मृत्यू हुनेमा हचुवागढी गाउँपालिका -१, भोजपुरका अन्दाजी बर्ष २६ का बुद्धिमान तामाङ्ग रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो।
अर्का मृतकको भने अझै पहिचान हुन नसकेको काफ्लेको भनाइ छ।
काठमाण्डौबाट भोजपुर हिडेको बागमती प्रदेश ०१- ००६-ख-६७८५ नम्बरको यात्रुबाहक बस आज दिउँसो करिब ३ बजे सिन्धुलीको हरिहरपुर गाउँपालिका-५ द्वारखोलामा दुर्घटना हुँदा घटनास्थलमै २ जनाको मृत्यू भएको थियो।
गम्भीर घाइतेहरुलाई थप उपचारका लागि धरान पठाइएको छ । गम्भीर ८ घाइते मध्य २ को अबस्था चिन्ताजनक रहेको प्रहरीको भनाई छ। बाढी पहिरोको कारण बिपि राजमार्ग अबरुद्द भएपछी पुर्बी पहाड जाने सबारी साधन हेटौडा हुँदै सिन्धुलीको बाटो चल्न थालेको छ। नयाँ रुटमा तिब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरिले गरेको छ।