तरङ खवर
सिन्धुलीमाढी असोज ०३ बिहिवार। प्रथम सिन्धुलीगढी गोल्डकप फुटबल प्रतियोगिता आजबाट सिन्धुलीमा शुरु भएको छ।
सिन्धुली फुटबल एकेडेमीद्वारा आयोजित प्रतियोगिता सिन्धुली सदरमुकाम स्थित खम्बेचौरीमा आजबाट सन्चालन गरिएको एकेडेमीका अधक्ष्य विशाल कोजुले जानकारी दिनुभयो। प्रतियोगिताको लागि जिल्लाभरबाट १५ टिमले सहभागिता जनाएको छ ।
प्रथम पुरस्कार नगद २० हजार तथा दितिय पुरस्कार १० हजार सहित शिल्ड र मेडलको ब्यबस्था गरिएको अधक्ष्य कोजुले बताउनुभयो।
उद्घाटन खेल फुटबल क्लब मङलपुर र सिन्धुली फुटबल एकेडेमी बिच भएको थियो। निर्धारित ५० मिनटको खेलमा फुटबल क्लब मंगलपुर १-० ले बिजयी भएको छ।
गोल्डकप फुटबल प्रतियोगिता भनिए पनि मैदान निर्माणाधिन अबस्थामा रहेकोले सानो मैदानमा फुटसलको रुपमा प्रतियोगिता सन्चालन गरिएको हो । फुटसलको नियम अनुसार सानो मैदानमा दुबैतर्फ ७/७ जना खेलाडी रहने र जम्मा खेल २५/२५ मिनट गरि ५० मिनटको हुनेछ। सिन्धुलीमा पहिलो चोटि फुटसल प्रतियोगिता भएको हो।
आज शुरु भएको प्रतियोगिताको उद्घाटन कार्यक्रम एकेडेमीका अधक्ष्य विशाल श्रेष्ठ कोजुको अधक्ष्यता तथा कमलामाई नगरपालिका वडा नम्बर ६ का वडा अधक्ष्य उज्ज्वल कुमार थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा विशेष अतिथी जिल्ला फुटबल संघ सिन्धुलीका अधक्ष्य सुर्यबहादुर थापामगर, जिल्ला बाल सन्जाल सिन्धुलीका अधक्ष्य दिवस कुमार थापा लगायत खेलाडी तथा खेलप्रेमीहरुको उपस्थिती रहेको थियो।