फोनिजको २५ औं स्थापना दिवस सिन्धुलीमा सम्पन्न, पत्रकार श्रेष्ठ सम्मानित

तरङ खवर
सिन्धुलीमाढी साउन २६ शनिवार। नेपाल आदिवादी जनजाती पत्रकार महासंघ ( फोनिज) को २५ औँ स्थापना दिवस आज सिन्धुली सिन्धुलीमा सम्पन्न भएको छ।

फोनिज बागमति प्रदेशका अधक्ष्य युवराज श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका उधोग, बाणिज्य, भुमी तथा प्रशासन मन्त्री सुकमाया तामाङ्गले प्रमुख आतिथ्यता गर्नुभएको थियो। मन्त्री तामाङ्गले कार्यक्रमलाई सम्बोधन गर्नुहुदै पत्रकारको पहिलो धर्म राज्यको सर्बांगिण बिकास भएकोले त्यसको लागि त्यसका लागि सबै एकजुट भई लाग्न अनुरोध गर्नुभयो। फोनिजले आदिबासी जनजातीको मुद्दालाई जोडदारका साथ उठाईरहदा जनजाती पत्रकारहरुको आर्थिक समृद्दी तर्फ पनि बिशेष ध्यान दिनुपर्ने कुरा औल्याउनु भयो।

कार्यक्रम सफलताको शुभकामना संगै मन्त्री तामाङ्गले आफू मन्त्री भएको छोटो समयमा गरिएका महत्वपुर्ण काम तथा कानुन निर्माणका पहलको बारेमा जानकारी दिदै भन्नू भयो “मेरो कार्यकालमा बागमती प्रदेशका हरेक जिल्लामा एक महत्वपुर्ण उध्योग निर्माण को पहल गर्नेछु जसले स्थानिय उत्पादनलाई सदुपयोग गर्नेछ।”

कार्यक्रममा बागमती प्रदेशका माननीय मात्रीका प्रसाद भट्टराई, मरिण गाउपालिका सिन्धुलीका प्रमुख विमर्श मोक्तान (प्रख्यात), गोलन्जोर गाउँपालिकाका उपप्रमुख पुकार न्यौपानेले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो। त्यसैगरी पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारु मगर, पत्रकार महासंघ सिन्धुलीका अधक्ष्य कृश्णहरि घिमिरे, पत्रकार महासंघ रामेछापका अधक्ष्य बद्री नयाघरे, उधोग बाणिज्य महासंघ सिन्धुलीका प्रथम उपाधक्ष्य बिरबर चौधरी लगायतले पनि शुभकामना मन्तब्य राख्नुभएको थियो।

फोनिज बागमती प्रदेशको आयोजना तथा फोनिज सिन्धुलीको समन्वयमा भएको कार्यकममा बागमती प्रदेशका १३ जिल्लाबाट फोनिजकर्मीको उपस्थिती रहेको थियो। कार्यक्रममा उपस्थित अतिथीहरुलाई फोनिज सिन्धुलीका अधक्ष्य रोहित गुरुङ्गले स्वागत गर्नुभयो।

पत्रकार श्रेष्ठ सम्मानित 
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)ले हरेक बर्ष स्थापना दिवसको अबसर पारेर फोनिजमा आबद्द एक पत्रकारलाई पुरस्कृत गर्दै आएको छ। फोनिजको २५औँ स्थापना दिवसको अबसरमा सिन्धुलीमा आयोजित कार्यक्रममा यस वर्षका लागि सिन्धुलीका पत्रकार नवीन श्रेष्ठ पुरस्कृत भएको जानकारी गराइएको थियो । सिन्धुलीखवर साप्ताहिक तथा अनलाईन खबरका प्रधानसम्पादक श्रेष्ठलाई नगद ५ हजार ५०० सहित सम्मान पत्र प्रदान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *