गौमतीमा अतिरिक्त कृयाकलाप अन्तर्गत विद्यार्थिको स्वास्थ्य परिक्षण

तरङ खवर

सिन्धुलीमाढी साउन २५ शुक्रवार। सिन्धुलीको कमलामाई नगरपालिका-६ स्थित गौमती बहुमुखी क्याम्पसले आज विद्यार्थीहरुको स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

शुक्रवारको अरिरिक्त कृयाकलाप अन्तर्गत क्याम्पसले स्वास्थ्य प्रती सजक गराउन यस्तो कार्यक्रमको आयोजना गरेको क्याम्पस प्रमुख दिलबहादुर कटुवालले जानकारी दिनुभयो। रोग लागेर उपचार गराउनुभन्दा रोग लाग्न नदिन हरेक व्यक्तीले नियमित स्वास्थ्य परिक्षण गराउनु आबश्यक भए अनुरुप सचेतनाको लागि क्याम्पसले पहल गरेको कटुवालको भनाई थियो।

बिहान ७ बजेदेखी ९ बजेसम्म क्याम्पसका करिव २ सय विद्यार्थीहरुले स्वास्थ्य परिक्षण गराएको डाक्टर डिन्जुल कटुवालले जानकारी दिनुभयो । कार्यक्रमलाई जिल्ला अस्पताल सिन्धुलीले सहयोग गरेको थियो। स्वास्थ्य परिक्षणका लागि गौमतीका पुर्ब बिद्यार्थि डाक्टर जयन्ती चौधरी लगायत सिन्धुली अस्पतालका १० चिकित्सको उपस्थिती रहेको थियो।

क्याम्पस ब्यबस्थापन समितीका अधक्ष्य कृष्णप्रसाद ढकालले चिकित्सक लगायत कार्यक्रममा उपस्थितलाई धन्यवाद दिनुभएको थियो। कार्यक्रममा  ढकाल, व्यबस्थापन समितीका सदस्य अनिल थापा लगायत शिक्षक तथा अभिभावकको पनि उपस्थिती रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *