तरङ्ग खबर
सिन्धुली साउन १८ शुक्रबार। सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टले कमलामाई नपा ३ स्थित रक्तमाला आधारभुत बिध्यालयका छात्रछात्रालाई विद्यालय झोला बितरण गरेको छ।
कक्षा १ देखि ५ सम्म अध्ययनरत २० बिध्यार्थीहरुलाई अध्ययन गर्न सहज होस भन्ने हेतुले झोला बितरण गरिएको कलेजका कोअर्डिनेटर तारा चौलागाईले जानकारी दिनुभयो। कार्यक्रममा विद्यार्थीहरुलाई कलेजका म्यानेजिङ डाइरेक्टर समीर ढकालले झोला हस्तान्तरण गर्नुभएको थियो। कलाघर सिन्धुलीका अधक्ष्य सुमन आइडुको पहलमा स्थानिय विद्यार्थीहरुलाई सानो सहयोग गरिएको र आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व बहन गर्दै अन्य क्षेत्रमा पनि सहयोग गरिने ढकालले बताउनु भयो।
कार्यक्रममा विद्यालय व्यबस्थापन समितिका अधक्ष्य बाबुराम नेपालीले साना बालबालिकालाई सम्झी सहयोगको हात बढाएकोमा कलेज परिवारलाई धन्यवाद दिनुभएको थियो।
कार्यक्रममा विद्यालयका प्रअ कर्णबहादुर कार्की, कलाकर्मी सुमन आइडु, कलेजका प्रशासन प्रमुख विश्व थापा लगायतको उपस्थिती रहेको थियो।