नेकपा एमाले मध्यावधी चुनाव चाहन्छ– विष्णु रिमाल (उप महासचिव, नेकपा एमाले)

तरंग खवर
सिन्धुलीमाढी, फागुन १२ शनिवार । नेकपा एमालेका उपमहासचिव विष्ण रिमालले वर्तमान गठवन्धनको सरकारलाई ढालेर मध्यावधी चुनावमा जाने एमालेको रणनिती रहेको वताउनु भएको छ ।

४३ औ आजाद स्मृती दिवसको अवसरमा सिन्धुलीमा आज आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्न सिन्धुली आउनु भएका रिमालले पत्रकार भेटघाटको क्रममा सो कुरा वताउनु भएको हो । वर्तमान अवस्थामा गठवन्धनको सरकार सैदान्तिक हिसावले र कार्यगत हिसावले पनि औचित्यहिन सावित रहेकोले सरकार लम्विन नहुने रिमालको भनाइ थियो । केहि समय अघि तरलताको कारण देशमा आर्थिक संकट छाएको मान्न सकिन्थ्यो तर आज त्यसमा सुधार आएपनि गठवन्धनको सरकारले जनतालाई राहत दिन नसकेको उप महासचिव रिमालले आरोप लगाउनु भयो । अहिलेको सरकारले देशमा राजनितीक सिण्डीकेट चलाएको छ । सिण्डीकेटले मालिकहरुको मात्रै भलो हुने रिमालको भनाइ थियो ।

रिमालका अनुसार कथमकदाचित सरकार ढलेपनि एमाले कुनै पार्टीसँग मिलेर सरकार बनाउने भन्दापनि मध्यावधी चुनावमा जाने रणनितीमा रहेको छ । ‘एजेण्डाको हिसावले काँग्रेस र एमाले फरक धारको पार्टी हो । कुरै मिल्दैन । माओवादी लगायत अरु पार्टी भनेको स्याटलाइट पार्टी हो । त्यसैले यसको वारेमा म कुरै गर्न चाहदिन ।’ रिमालको भनाई थियो । त्यसो भए सरकार ढालेर एमाले के चाहन्छ भन्ने पत्रकारको प्रश्नमा रिमालले भन्नु भयो ‘हामी जनताको नया म्यान्डेट चाहन्छौ । अर्थात मध्यावधि निर्वाचन ।’

सिन्धुली सदरमुकाम स्थित एक होटलमा प्रेस चौतारीले राखेको पत्रकार भेटघाटमा रिमालले अहिले कुनैपनि पार्टी एजेन्डाको आधारमा नचलेकोले नै देशले निकास नपाएको भनाइ राख्नु भयो । ‘सवैले बुझेको कुरा हो, देशमा राजनितिक अवस्था परिवर्तन भयो, तर जनताको अवस्था परिवर्तन भएको छैन । यसको कारण के हो भने कुनै पनि पार्टीको स्पष्ट एजेण्डा छैन’ रिमालको भनाई थियो । एमालेले पनि आत्मसमिक्षा सहित अघि बढ्नु पर्ने आवश्यकता भएकोले केहि समयदेखि विभिन्न मिसन र देश दौडाहामा रहेको उहाँले जानकारी दिनुभयो ।

‘अहिले देशमा नयाँ पार्टी र पुराना पार्टी भन्ने भाष्य सिर्जना भएको छ । तर नयाँ र पुरानो भन्ने कुरा समयको आधारले हैन जनतामा डेलिभर हुने एजेण्डाको आधारमा हुन्छ । त्यसैले अनुभवी पार्टीहरु अपडेट हुदै जनताको घरदैलोमा पुगी अघि बढ्ने हो भने नयाँ र पुराना पार्टीको नाराको कुनै अर्थ नहुने रिमालले वताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *