तरङ खवर
सिन्धुलीमाढी फागुन ४ शुक्रवार। नेपाल तरुण दल सिन्धुलीले हरिहरपुर गाउँपालिकामा एक दिने मुटु रोग बिशेषज्ञ शिविर सन्चालन गरेको छ।
ग्रामिण भेगमा सर्वसाधारणलाई मुटु सम्बन्धि जनचेतना जगाउन साथै मुटु रोगबाट पिडितहरुलाई उपचारमा सहयोग पुर्यान शिविर सन्चालन गरिएको तरुण दल सिन्धुलीका अधक्ष्य सहदेव मैनालीले बताउनु भयो।
पालिकाको वडा नम्बर २ झनझने स्थित एक बिद्यालयमा सन्चालन शिविरमा जम्मा ७ सय १९ जना स्थानियले सेवा लिएको मैनालीले जानकारी दिनुभयो।
शिविरलाई अबलोकन गर्न प्रमुख अतिथिको रुपमा नेपाल तरुण दलका केन्द्रीय अधक्ष्य विद्वान गुरुङ्ग आउनुभएको थियो। गुरुङ्गले तरुण दलले आपत बिपतमा जनताको सेवा गर्न सधै अग्रसर हुने प्रतिकृया दिनुभयो । जाजरकोटको भुकम्पमा परि घरवार बिहिनहरुलाई अस्थायी टहरा बनाउन तरुण दलले महत्वपुर्ण भुमिका रहेको स्मरण गर्नुहुदै गुरुङ्गले आबश्यकता अनुसार सिन्धुलीमा अन्य सेवा सहितको शिविर सन्चालन गर्न तरुण तयार हुने बताउनु भयो।
एन्जल पोलिक्लिनिक तथा मिरा बायोटेकको प्राबिधिक सहयोगमा सन्चालित शिबिर भोलि फागुन ५ गते प्रदेश सभा सदस्य माननीय छेत्र बहादुर बम्जनको प्रमुख आतिथ्यता घ्याङ्लेख गाउँपालिकाको वडा नम्बर ५ स्थित राम्पुरमा पनि सन्चालन हुने तरुण दल सिन्धुलीका अधक्ष्य सहदेब मैनालिले बताउनुभयो।