गोलन्जोर ६ को स्थानिय निर्वाचनको फैसला रविन कुमार श्रेष्ठको पक्षमा

तरंग खवर
सिन्धुलीमाढी, फागुन २ वुधवार । स्थानीय निर्वाचन २०७९ मा भएको मतपरिणामको विषयमा परेको रिटको आज उच्च अदालत पाटनले फैसला गरेको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्वर ६ मा भएको स्थानीय निर्वाचनको मतपरिणाम अनुसार नेपाली काँग्रेसका वडा अध्यक्षका प्रत्यासी रविन श्रेष्ठले जम्मा ६०९ मत प्राप्त गर्नुभएको थियो । उता निकटतम् प्रतिद्धन्दि नेकपा माओवादीका प्रत्यासी रोशन श्रेष्ठले ६०८ मत प्राप्त गर्नु भएको थियो ।

मत परिणामको अन्तिम नजिता घोषणा भए पनि निकट्तम प्रतिद्धन्दि रहनु भएका रोशन श्रेष्ठले पुन मत गनणाको लागि उच्च अदालत पाटनमा रिट हाल्नु भएको थियो ।

लगभग डेढ वर्ष पछि आज उच्च अदालत पाटनले निर्वाचित रविन श्रेष्ठकै पक्षमा फैसला गरेको हो । पुन मत गनणाको लागि गरिएको रिटमा माग दावि नपुगेको भनी उच्च अदालत पाटनले रविन श्रेष्ठ नै निर्वाचित भएको फैसलालाई सदर गरेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *