तरङ खवर
सिन्धुलीमाढी माघ २९ सोमबार। नेपाल विद्यार्थी संघ नोबेल कलेज काठमाण्डौको इकाई सभापतीमा बिबस थापा चयन हुनुभएको छ।
माघ २६ गते भएको नोबेल कलेजको इकाई अधिबेशनबाट सर्बसम्मत हुनुभएका थापालाई हिजो नेबिसंघका केन्द्रीय सभापती दुजाङ शेर्पाले प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पुर्व राज्य मन्त्री दिलमान पाख्रीनको प्रमुख आतिथ्यता तथा चन्द्र प्रकाश ओलि को सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको लागि केन्द्रीय प्रतिनिधि ई.प्रबिन जम्कटेल उपस्थित हुनुहुन्थ्यो ।
कमलामाई नगरपालिका -६ सिन्धुली स्थायी घर भएका नबनिर्बाचित इकाई सभापती थापाले कलेजमा रहेका विभिन्न शैक्षिक मुद्धाहरुमा आवाज उठाउने कुरालाई जोड दिनु भएको छ।