डा. प्रेरित देवकोटा
(सिन्धुली अस्पतालमा कार्यरत चिकित्सक प्रेरित देवकोटाले आज रगत अभावले भोग्नु परेका एक सुत्केरीको समस्यालाई लिएर सामाजिक सन्जालमा विचार व्यक्त गर्नु भएको छ। उहाँको विचार जस्ता त्यसै प्रस्तुत गरेका छौँ।)
बैंकमा कहिले नी रगत नहुने र नगरपालिकाले सञ्चालन गरेको आधारभूत स्वास्थ्य केन्द्र सिन्धुली अस्पतालमा नसर्न खोज्नुको कारण के त?
आज बेलुका योनीबाट बलिन्द्रधारा रगत बगाएर एक जना महिला सिन्धुली अस्पतालको इमर्जेन्सीमा छटपटाउँदै आइपुग्नु भयो। रगतको मात्रा हेर्दा ति महिलालाई तुरुन्तै रगत चढाउनु पर्ने देखियो। हाम्रो सिन्धुलीमा रगतको कुबेर मानिएको रेड क्रसमा संपर्क गरियो। तर उताबाट हामीसँग त रगतको भण्डार छैन भन्ने उत्तर आयो। अनि इमर्जेन्सीमा मरनासन्य अवस्थामा आएकी ति महिलालाई जसरी पनि रगतको व्यवस्था गर्नुपपर्छ भन्ने तत्परमा , आफ्नो छोरीलाई भात खुवाउँदै गरेका यसै अस्पतालका अस्पताल व्यवस्थापक लागि परे।रगतको खोजी गर्दै जाँदा श्रोत भेटियो। को भन्दा त यसै अस्पतालमा डिउटीमा खटिएका डाक्टरको रगतको समूह मिल्ने रहेछ।
नगरमा रहेको प्रदेशको एस अस्पतालमा आफ्नो नगर अस्पताल नरहेको र हामीले रेडक्रसमा करोडौं रकम जम्मा गरेको छौ भनेर फुर्ती लगाउनु के को लागि? डिउटिमा खटिएका डाक्टरको रगतको सहयोगले कैले सम्म हामीले सिन्धुलीबासीको ज्यान जोगाउने? ती डाक्टर आफै बेहोश भए भने बिरामीको उपचार कसले गर्ने?
इमर्जेन्सीमा एक नवजात शिशुलाई ज्वरो आयो भन्दै यसै नगरमा बस्ने एक दम्पत्तिको प्रस्थान भयो । उपचारको क्रममा शिशुलाई खोप लगाउनु भयो भनेर हामी डिउटीमा खटिएका डाक्टरले प्रश्न गर्दा उताबाट उत्तर आयो : “खोप लगाउन त हामी गएका थियौ तर खोप लगाउने ठाउँ नै भेटेनौ।रातमाटामा छ रे भन्ने सुनेका थियौ तर हामी हरायौ। अब बिस्तारै लगाउनुपर्ला।” ती दम्पतीलाई खोप को महत्व थाहा नभएको हैन होला ।
भर्खरै covid 19 को खोप लगाएपछि covid शान्त भएको सबैलाई सर्व विधीतै छ। खोप लगाउने ठाउँ नभेटेर अब हाम्रा सिन्धुलीका शिशुहरुलाई खोप लगाउनबाट वञ्चित गराउने नै हो त? सिन्धुली अस्पतालको नयाँ भवनमा ति शिशुहरुलाई खोपको कमीले ज्यान नजाओस् भनेर यसै अस्पतालले रातमाटामा रहेको आधारभूत स्वास्थ्य केन्द्रलाई सिन्धुली अस्पतालमा नै सार्ने प्रयास गर्दा सरोकार वाला निकायको किन यति धेरै टाउको दुखिरहेको छ, यसमा ध्यानाकर्षण कसको हुनु पर्ने हो, मेयर सापको की , वडा अध्यक्षज्यूको की हामी सिन्धुली बासीको ? कसैलाई अलिकति पनि चिन्ता छ? कसले बोलिदिने र हाम्रो कुरा कसले सुनिदिने?
कृपया आफ्नो स्वार्थ भन्दा माथि उठिदिनुहुन सबैमा आग्रह गर्दछु। बाँच्ने सबैलाई अधिकार छ। हामी बचाउने प्रयासमा छौ। हामीलाई सबैको साथ र सहयोग चाहिएको छ। निजी स्वार्थ र सस्तो लोकप्रियताको लागि सिन्धुली बासीहरुलाई अकालमा मृत्युको मुखमा नधकेलौ।
ज्ञारेन्टी त केबल हामीले नदेखेको भगवान र हामीले देखेको ठगले मात्रै दिन्छन् रे। हामी स्वास्थ्यकर्मी पनि मानव हौं। तपाईहरुको सेवामा हामी तत्पर छौं। मानव हौं कमी कमजोरी होला तर सुधार्ने प्रयास गर्छौं तर ज्यानै चाई लिदैनौं है।
“मनले देश भन्छ तर देशले विदेश जा भन्छ” कस्तो बिडम्बना यो?