प्रखर वक्ता तथा गायक रमेश प्रसाईं आज फूड फेस्टिबलका प्रमुख आकर्षक

तरंग खवर

सिन्धुलीमाढी माघ १ सोमवार । सिन्धुलीमा चलिरहेको फूड फेस्टिवल तथा सांस्कृतिक महोत्सब २०८० को चौथो दिन चलिरहेको छ।

विभिन्न खाना परिकारका साथ स्थानिय तथा राष्ट्रीय कलाकारहरुको प्रस्तुती रहने कार्यक्रममा आजको दिन विशेष रहने आयोजकले बताएको छ। राष्ट्रीय कलाकारहरु मध्य आजको प्रमुख आकर्षण प्रखर वक्ता तथा गायक रमेश प्रसाईं रहेको आयोजक संस्था ब्रदरहूड इभेन्ट्स एण्ड इन्टर्टेमेन्टका प्रबन्धक आश्विन जंग थापाले जानकारी दिनुभयो। दृष्टिबिहिन भएपनी बिलक्षण प्रतिभाका कारण पछिल्ला समय प्रसाईं चर्चामा हुनुहुन्छ। प्रखर बक्ताका रुपमा पुर्बमा रेडियो कार्यक्रम चलाइरहनु भएका प्रसाईं सामाजिल सन्जालमा ख्याती कमाइसकेका कलाकार हुनुहुन्छ।

पछिल्लो समय पुरानो लोक गित “रिङ्गे भिरको राँगोलाई, चुङ्गे भिरको चुलेसिले” बोलको गित गाएपछी प्रसाईं गायकका रुपमा पनि परिचित हुनुभएको छ। कार्यक्रम “इन्देणी” मा लोक गायिका कल्पना दाहालसँग दोहोरी गित गाए पछि उहाँको परिचय गाएकको रुपमा स्थापित भएको छ। एक समय उनै गायिका कल्पना दाहालसंग प्रेम प्रसंगको हल्ला चलेको थियो। पछि दुबैले हल्ला गलत साबित गर्दै फरक फरक जोडिमा बाधिएका थिए।

फूड फेस्टिवलको आजको प्रस्तुती यिनै चर्चित ब्यक्तित्व रमेश प्रसाइको रहने आयोजकको भनाई छ। प्रसाइले केही आफ्ना  संगै दोहोरी गित पनि प्रस्तुत गर्नुहुनेछ। दोहोरिमा “इन्द्रेणी” देखि जोडि बाधिएको गायिका कल्पना दाहाल तथा बाध्यबादनमा स्थानिय कलाकारहरुले साथ दिनेछ ।

आज नै चर्चित गित “टाडा भएपनि मेरो माया गाढा छनी” बोलका गायक उर्गेन दोङ्ग, ढाकाराम पौडेल, एन्जिला रेग्मी लगायत स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *