पुष २७ देखि सिन्धुलीमा साँस्कृतिक तथा फुड फेस्टिभल शुरु हुँदै

तरंग खवर

सिन्धुलीमाढी पुष १७ मंगलवार । सिन्धुली जिल्लामा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन तथा स्थानीय परिकारको प्रचार प्रसारको उद्येश्यका साथ “सिन्धुली पर्यटन कृषि, व्यापार, उद्योग, साँस्कृतिक तथा फुड फेस्टिभल २०८०” आयोजना हुने भएको छ।

“कृषि, व्यापार, उद्योग र पर्यटनको कसी; साँस्कृतिक तथा फुड फेस्टिभल २०८०” भन्ने मूल नाराका साथ पुस २७ देखि माघ ७ गतेसम्म फेस्टिवलको आयोजना गर्न लागिएको आयोजक सस्था ब्रदरहुड इन्टरटेमेन्ट एण्ड म्यानेजमेन्टका प्रबन्धक आश्विन थापामगरले जानकारी दिनुभयो।  फेस्टिभलमा स्थानीय कला सस्कृती जगेर्ना, मौलिक बाजा गाजा, स्थानीय उपभोग्य उत्पादित वस्तुको प्रदर्शन तथा विक्री वितरण र नेपाली खानाको परिकारहरुको स्टलहरु विशेष रुपमा रहने थापामगरले जानकारी दिनुभयो।  ।

आज पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रम कमलामाई नगरपालिकाको खेल मैदानमा हुने जहाँ सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्न सामाग्री तथा विभिन्न प्रकारका लत्ता कपडा, जुत्ता चप्पलहरुको पनि विक्री वितरणका लागि स्टलहरु राखिने उहाँले बताउनुभयो।

फेस्टिभलमा वाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्वस, जादु, वालवालिकाको खेल सामाग्रीका साथै दर्जनौ राष्ट्रिय स्तरका कलाकारहरुको सांगितीक र हास्य व्यंग्य सहितका मनोरन्जनात्मक प्रस्तुती रहने छ।

थापामगरका अनुसार फेस्टिभलमा सिन्धुली जिल्लाभर उत्पादित कृषिजन्य उत्पादनको विक्रि वितरण तथा प्रदर्शनका लागि स्टल निशुल्क गराईने छ । हस्तकला तथा घरेलु उद्योगको उत्पादनलाई  ५० प्रतिशत छुट दिइने छ । सरकारी स्वास्थ्य संस्थालाई सेवाको लागि निशूल्क स्टल व्यवस्था गरिने छ ।

यसै गरि निजि स्वास्थ संस्थाको हकमा प्रचार प्रसाको लागि शुल्क लाग्ने उहाँले बताउनुभयो । सिन्धुली उद्योग वाणिज्य संघमा आवद्ध व्यापारीको हकमा प्रति स्टल ३३ प्रतिशत छुटको व्यवस्था गरिएको जसको लागि आवद्धताको प्रमाणपत्रको प्रतिलिपी अनिवार्य हुने जनाइएको छ।

स्थानिय कृषि तथा घरेलु उत्पादन, व्यापारी तथा कलाकारलाई प्राथमिकता दिइने १० दिने फेस्टिभलमा लगभग ६० हजार दर्शकले अबलोकन गर्ने अनुमान गरिएको प्रबन्धक थापमागरको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *