वडा नम्बर ६ द्वारा आयोजित छात्रा भलिवल प्रतियोगितामा जनता माबी रातमाटा बिजयी

तरंग खवर

सिन्धुलीमाढी मंसिर ३० शनिवार । कमलामाई नगरपालिका वडा नम्बर ६ लाई बालमैत्री वडा घोषणा गर्ने अभियान अन्तर्गत शुरु भएको बालमैत्री छात्रा भलिवल प्रतियोगिताको फाइनलमा जनता माबी रातमाटा बिजयी भएको छ।

आज भएको फाइनल खेलमा जनता माबीले सुर्योदय मबि रातमाटालाई पराजित गरि प्रथम स्थान हासिल गरेको वडा सचिव जगदिबिक्रम कार्किले जानकारी दिनुभयो।

वडालाई बालमैत्री बनाउने अभियान अन्तर्गत विभिन्न कार्यक्रम अन्तरगत भलिबल प्रतियोगिता सन्चालन भएको वडा अधक्ष्य उज्ज्वल कुमार थापाले बताउनुभयो। सदरमुकाम स्थित खेल मैदानमा सम्पन्न प्रतियोगिताका बिजेता खेलाडिहरुलाई बिशिष्ठ अतिथी कमलामाई नगरपालिकाका उपप्रमुख मन्जु देवकोटा, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल लगायतको उपस्थितिमा शिल्ड मेडल र प्रमाण पत्र बितरण गरिएको छ।

मंसिर २९ बाट शुरु भएको प्रतियोगितामा वडा भित्र रहेका १२ वटा बिधालयहरुले सहभागिता जनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *