तरंग खवर
सिन्धुलीमाढी असोज २० शनिवार । नेपाली काँग्रेस निकट नेपाल लोकतन्त्रवादी जनजाती महासंघ सिन्धुलीका सभापती जगत बहादुर भोलनले आफ्नो जिम्मेवारि उपाधक्ष्य अशोक राजभण्डारीलाई हस्तान्तरण गर्नुभएको छ।
नेपाली काँग्रेस सिन्धुलीका उपसभापती तथा घ्यांगलेख गाउँपालिका सिन्धुलीका अधक्ष्य समेत रहनुभएका भोलनले आज काँग्रेसको पार्टी कार्यलयमा कार्यवाहक सभापतीका रुपमा राजभण्डारीलाई जिम्मेवारी सुम्पनु भएको हो। कार्यब्यस्तताको कारण महासंघको जिम्मेवारी अरुलाई हस्तान्तरण गरेको भोलनले बताउनुभयो। “म पार्टिमा पनि छुँ। गाउँपालिका पनि हेर्नुछ। त्यसैले महासंघ चलायमान बनाउन अरु साथिलाई जिम्मेवारी दिएको हुँ।” भोलनको भनाई थियो ।
भोलनको जनजाती महासंघमा दोश्रो कार्यकाल हो। यस अघि पनि नेपाल लोकतन्त्रवादी जनजाती महासंघको जिल्ला सभापती रहनु भएका भोलनलाई असार १३ गते केन्द्रले दोश्रो कार्यकालको लागि फेरि चयन गरेको थियो। असार १३ गते नेपाली काँग्रेस सिन्धुलीको पार्टी कार्यालयमा भोलनको अधक्ष्यतामा २८ सदस्यिय कार्तसमिती बिस्तार गरिएको थियो।
अशोक राजभण्डारि महासंघको बर्तमान कार्यसमितीमा उपाधक्ष्य हुनुहुन्छ।