तरंग खवर
सिन्धुलीमाढी, भदौ २९ शुक्रवार । नेपाली काँग्रेसका सह महामन्त्री बद्री पाण्डेले यो धर्ती सवैको साझा भएकोले यहाँ सवैले निर्धक्क बाच्न पाउनु पर्ने कुरा वताउनु भएको छ ।
नेपाली काँग्रेस क्षेत्र नम्बर २ को प्रदेश क कार्यसमितिले आयोजना गरेको कपडा वितरण कार्यक्रममा प्रमुख अतिथि रहनुभएका पाण्डेले सो कुरा वताउनु भएको हो । जात, धर्म, लिङ्ग वा शारिरीक वनोटको आधारमा कसैलाई विभेद नगरी सवै एक आपसमा मिलेर बस्ने हामी नेपालीको मौलिक संस्कृती रहेको उहाँले वताउनु भयो ।
विपी कोइरालाका ११० औ सन्दर्भ पारी प्रदेश समितिले सुनकोशी गाउँपालिकाको वडा नम्बर ७ खाल्टेमा पालिका भरिका क र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई कपडा वितरण कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथी पाण्डेले नेपाली काँग्रेसको संस्थापक नेता विपी कोइरालाको जन्म सिन्धुली जिल्ला भएकोले पनि काँग्रेस र सिन्धुलीको सम्बन्ध विशेष रहेको वताउनु भयो । “तर आजको काँग्रेस विपीको विचार अनुसार चल्न सकेको छैन ।” पाण्डेको भनाई थियो ।
आजको कार्यक्रममा सुनकोशी गाउँपालिका भित्र रहेको क र ख वर्गका अपाङ्गगता भएका २०४ जनालाई कपडा वितरण गरिएको कार्यक्रमको अध्यक्षता गर्नु भएका प्रदेश क सभापति विजय कुँवरले जानकारी दिनुभयो । कार्यक्रममा संविधान सभा सदस्य मोहन वराल, नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति उज्ज्वल वराल लगायतले मन्तव्य राख्नु भएको थियो ।