तरंग खवर
सिन्धुलीमाढी भदौ २४ आइतवार । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक बिपि कोइरालाको ११० औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरि सिन्धुलीमा मनाइएको छ।
बिहान ७ बजे नेपाली काँग्रेस सिन्धुलीले बिपि कोइरालाको ११० औँ जन्म जयन्तीको अबसरमा पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरेको थियो।
आज नै नेपाली काँग्रेस कमलामाई नगर कार्यसमितीले पनि बिपि जयन्तीको अबसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेको छ। नगरको वडा नम्बर १४ चन्दनपुर स्थित कमला प्रावीमा अध्ययनरत १०५ जना छात्रछात्रालाई १/१ दर्जन कपि र कलम बितरण गरिएको समितीका सभापती कमल पोखरेलले जानकारी दिनुभयो।
कार्यक्रम नगर सभापती कमल पोखरेलको सभापतित्व तथा नेपाली काँग्रेस सिन्धुलीका सभापती उपेन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा भएको थियो।
त्यसैगरी आज नै बिपि जयन्तीको अबसरमा क्षेत्र नम्बर २ क्षेत्रीय कार्यसमितीले पनि बिचार गोष्टी तथा रक्तदान कार्यक्रम आयोजना गरेको छ। क्षेत्रीय सभापती कुमार ढकालको सभापतित्वमा गोष्टि तथा रक्तदान कार्यक्रम सम्पन्न भएको सचिव राजिव बुर्जाले बताउनु भयो।
संघिय सांसद तथा नेपाली काँग्रेसका केद्रीय सदस्य श्याम घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न रक्तदान कार्यक्रममा डेढ दर्जनभन्दा बढिले रक्तदान गर्नु भएको थियो।
सो कार्यक्रममा बिशिष्ठ अतिथी सांसद तथा केन्द्रीय सदस्य शुसिला थिङ्ग, महाधिवेसन प्रतिनिधि प्रेमचन्द्र दाहाल, मणिक ढकाल लगायतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो।