युवा संघ सिन्धुलीको अधिबेशन भदौ १७ र १८ गते हुँदै

तरंग खवर
सिन्धुलीमाढी भदौ १४ बिहिवार । यहि भदौ १७ र १८ गते सिन्धुलीमा युवा संघ सिन्धुलीको जिल्ला सम्मेलन हुने भएको छ।

नेकपा एमाले सिन्धुलीको पार्टी कार्यालयमा आज पत्रकार सम्मेलन गरि जिल्ला संयोजक मिजास कार्कीले सम्मेलनको तयारिको बारेमा जानकारी गराउनु भएको हो। बिबिध कारणले रोकिएको युवा संघको अधिबेशन ९ बर्ष पछि हुन लागेको उहाले बताउनु भयो।

नगर कमिटीबाट ३, प्रत्यक वडा कमिटिबाट १/१ र बर्तामान कमिटीका ८१ गरि जम्मा १८७ जना महाधीवेशन प्रतिनिधिले यो पटक बिधान अनुसार ६ पदाधीकारी सहित ७५ सदस्यिय जिल्ला कमिटी निर्माण गर्नेछ।

लामो समय पछि हुन लागेकोले अधिबेशनलाई भब्य बनाउन अधिबेशनका लागि विभिन्न तयारि कमिटी बनाइएको छ । प्रतिनिधहरु, जिल्ला, प्रदेश तथा केन्द्रीय कमिटिमा पदाधिकारीहरुबाट नै शुल्क संकलन गरिने भएकाले यो अधिबेशन सम्पन्न गर्न बाह्य चन्दा संकलन नगरिने संयोजक कार्किले जानकारी दिनुभयो।

अधिबेशनको उद्घाटन सत्रमा प्रमुख अतिथी नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा युवा संघका पुर्ब केन्द्रीय अधक्ष्य महेश बस्नेतलाई आमन्त्रण गरिएको पत्रकार भेटघाटमा जानकारी गराइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *