तरंग खवर
सिन्धुलीमाढी साउन १३ शनिवार । नेपाली काँग्रेस सिन्धुलीका उपाधक्ष्य समेत रहनुभएका जगत बहादुर भोलनको अधक्ष्यतामा आज सिन्धुलीमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ बिस्तार गरिएको छ ।

नेपाली काँग्रेस सिन्धुलीको पार्टी कार्यालय धुराबजारमा सम्पन्न भेलाले सो निर्णय गरेको हो। नेतृत्व हस्तान्तरण गर्न दोश्रो जिल्ला अधिवेशन भनिएतापनी तत्काललाई बिधान बमोजिम भोलनकै नेतृत्वमा कार्यसमिती बिस्तार गरिएको हो। केन्द्रले भोलनलाई सिन्धुली जिल्लाको अधक्ष्यमा मनोनयन गरेको थियो। अर्को अधिवेसन गर्ने गरि तत्काललाई तदर्थ समितीको रुपमा २८ जना सदस्यहरु मनोनयन गरि कार्यसमिती बिस्तार गरिएको भोलनले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथी नेपाली काग्रेस सिन्धुलीका सभापती उपेन्द्र पोखरेलले शुभकामना ब्यक्त गर्नुहुदैँ बारम्बार राजनिती परिवर्तनको लडाई भएपनी अबको जिम्मेवारी सबै तहमा सबै जातजाती र भाषाभाषिको समाबेशिता आवश्यक रहेको बताउनु भयो।
पोखरेलले सबै जातजातीको उत्थानले नै लोकतन्त्रलाई मजबुत बनाउने हुनाले नेपाली काँग्रेसको मुल उद्देश्य पनि लोकतन्त्रको मजबुतिकरण भएकोले आदिबाशी जनजाती र नेपाली काँग्रेसको सम्बन्ध सुमधुर र सुढृत हुन आबश्यक रहेको बिचार ब्यक्त गर्नुभयो।

कार्यक्रमका बिशिष्ठ अतिथी पार्टिका पुर्व सभापती तथा संभिधान सभा सदस्य मोहन बरालले राज्यले आदिवासी जनजातिलाई आरक्षणको सुबिधा दिएको भएतापनी भोलिका दिनमा यसको उपयोग गर्दै प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने बताउनुभयो। संख्यात्मक रुपमा मजबुत आदिबासी जनजातीहरुले अब सोही अनुपातको उपलब्धी पनि प्राप्ति गर्नुपर्ने बरालको भनाइ थियो।

कार्यक्रममा अतिथिहरु बागमती प्रदेशका प्रदेश माननीय क्षेत्र बम्जन, नेपाली काँग्रेस बागमती प्रदेश सदस्य बिबस वाइवा, दुर्गा सुनुवार, नेता मणिक ढकाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।