सिन्धुलीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा, पालिकाहरुलाई स्वास्थ मैत्री निती वनाउन मुख्यमन्त्रि जमर्कटेलको अनुरोध

तरँग खवर
सिन्धुलीमाढी, असार ३१ आइतवार । सिन्धुलीमा आज पूर्ण खोप सुनिश्चितिता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला खोप समन्वय समिती सिन्धुलीको आयोजनामा भएको कार्यक्रमले आजदेखि सिन्धुली जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेको छ । समितिका सदस्य सचिव समेत रहुन भएका स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख राजन प्रसाद पोखरेलले राख्नु भएको प्रस्तावलाई जिल्ला समितिका संयोजक तथा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ्ग लामा तथा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले समर्थन गर्नु भएको थियो । प्रस्ताव र समर्थनलाई कार्यक्रमका प्रमुख अतिथि रहनु भएका वागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जमर्कटेलले समर्थन सहित सिन्धुली जिल्लालाई पूर्ण खोप सुनिश्चितिता तथा दिगोपना जिल्ला घोषणा गर्नुभएको थियो ।

उपस्थित सवैलाई स्वागत गर्नुहुदै वालवालिकाको सर्वांगिण विकासका लागि जन्मेदेखि १५ महिनासम्मको वालवालिकाहरुलाई सवै किसिमका खोपको मात्रा लगाइनु आवश्यक भएकोले यसको सुनिश्चितता गर्दै यो कार्यक्रम घोषणा गरिएको स्वास्थ्य कार्यालय सिन्धुलीका वल्ड चेन निरिक्षक मनिर आलमले वताउनु भयो । आलमका अनुसार अवका दिनहरुमा सिन्धुली जिल्लामा जन्मेका कुनै पनि वालवालिका र शिशु जन्मदिने आमाहरुलाई कुनै पनि किसिमको खोप छुट्नु हुदैन ।

कार्यक्रमका विशिष्ट अतिथि वागमती प्रदेशका सामाजिक विकास तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले संघिय सरकारले स्वास्थ्य निती संग नबाझिने गरी जनताको स्वास्थलाई सुनिश्चित हुने किसिमको स्वास्थ्य निती वनाएको वताउनु भयो । “स्वस्थ मानिसले स्वस्थ समाज निर्माण गर्दछ, स्वस्थ समाजले नै स्वस्थ देश निर्माण गर्ने भएकोले वागमती प्रदेशले स्वास्थ्य मैत्री निती तथा कार्यक्रमलाई प्राथमिकता दिएको छ ।”मन्त्री श्रेष्ठको भनाई थियो । उहाँका अनुसार स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको अनावश्यक चलखेलले स्वास्थ सेवा अस्वस्थ भएकोले सरकारी अस्पताललाई मजबुत बनाउने खालको कानुन बनाउन बागमती प्रदेश प्रयारसरत रहेको वताउनु भयो ।

अर्का विशिष्ठ अतिथि प्रदेशका स्वास्थ मन्त्री उत्तम जोशीले आफु सिन्धुली जिल्लाको स्वास्थ क्षेत्रको विकासको लागि निरन्तर लागिरहेको वताउनु भयो । यस अनुरुप प्रदेशले ३ जिल्लाको लागि वितरण गर्न लागिरहेको सिटी स्क्यान मेसिन यहाँका जनप्रतिनिधीको विशेष आग्रह तथा आफ्नो रुचिको कारण पनि सिन्धुली जिल्लालाई प्रदान गरिएको वताउनु भयो । मन्त्री जोशीका अनुसार वागमती प्रदेश सरकारले यो वर्ष स्वास्थ स्वयंम सेवीका, जेष्ठ नागरिक, सिमान्तकृत वर्ग तथा अपांग नागरिकहरुका लागि स्वास्थ सम्वन्धी विशेष कार्यक्रमहरु ल्याउन लागेको जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमर्कटेलले सिन्धुली जिल्ला पुर्ण खोप सुनिश्चितता भएको जिल्ला तथा यसको दिगोपनाको लागि प्रतिवद्ध भएकोले वागमती प्रदेश सरकारको तर्फबाट ऐक्यवद्धता सहित शुभकामना दिनुभयो । वालवालिका देशका भोलिका कर्णधार भएकाले यस्ता खालका कार्यक्रमले दुरगामी असर पार्ने भएकाले यो अत्तिनै महत्वपूर्ण भएको उहाँले वताउनु भयो । घोषणालाई मात्रै उपलव्धी नमानेर अवका दिनहरुमा यसको पुर्ण कार्यान्वयन गर्नु चुनौती रहेकोले प्रभावकारिताको लागि पालिकाहरुले पनि सोहि अनुसारको निती वनाउनु पर्ने मुख्य मन्त्री जमर्कटेलले अनुरोध गर्नुभयो ।

कार्यक्रमलाई बागमती प्रदेशका माननीयहरु क्षेत्र बम्जन, रामकुमार पहाडी, मात्रीका प्रसाद भट्टराई, सुस्पा भुजेल, सुकुमाया तामाङ्गले जिल्लाका समस्याहरुलाई सम्वोधन गर्न मुख्यमन्त्रीलाई आग्रह गर्नुहुदै शुभकामना व्यक्त गर्नुभएको थियो । त्यसैगरी संघसस्थाको तर्फबाट नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाका अध्यक्ष अशोक श्रेष्ठ तथा पालिकाको तर्फबाट दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारीले मन्तव्य राख्नु भएको थियो ।

जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधिहरु लगायत जिल्लाभरका स्वास्थ स्वयंम सेविका उपस्थित कार्यक्रममा कलाघर सिन्धुली कलाकारहरुले स्वास्थ सम्वन्धी लघुनाटक प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमलाई जिल्ला स्वास्थ कार्यालयका पुष्पराज पन्तले सहजीकरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *