तेश्रो मेयरकपको उपाधि वडा नम्वर १० लाई, उपमेयर कप किशोरी भलिवल प्रतियोगिता पनि आजबाट शुरु

तरँग खवर
सिन्धुलीमाढी, चैत्र ७ मंगलवार । चैत्र ५ गतेबाट शुरु भएको तेश्रो मेयर कप पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल आज सम्पन्न भएको छ ।

कमलामाई नगरपालिकाका जम्मा १४ वडा मध्य ९ वडा सहभागि रहेकोमा हिजो सम्पन्न सेमिफाईनलबाट वडा नम्वर ५ र १० फाइनलमा प्रवेश गरेको थियो । आज भएको फाइनल खेलमा वडा नम्वर १० ले वडा नम्वर ५ माथि जित हासिल गरेको हो । वेस्ट अफ फाइभमा वडा नम्वर १० ले लगातार ३ सेट जितेको थियो । जितसँगै विजेता टीमले शिल्ड र मेडल सहित नगद १ लाख रुपैया हासिल गरेको छ । उपविजेता वडा नम्वर ५ ले शिल्ड र मेडल सहित नगद ५० हजार प्राप्त गरेको छ ।


प्रतियोगितामा वडा नम्वर १० कै टिम क्याप्टेन विजय वस्नेत उत्कृष्ट खेलाडि घोषित हुनुभएको छ । विजेता टोली र खेलाडीहरुलाई प्रमुख अतिथि नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले बधाई सहित पुरस्कार वितरण गर्नुभएको थियो ।
यस वर्ष नगरपालिकाका वडा नम्वर ४, ८, १२, १३ र १४ मेयरकप भलिवल प्रतियोगितामा सहभागि नरहेको खेलकुद विकास समितीका संयोजक दिपेन्द्र फूँयालले जानकारी दिनुभयो ।

तेश्रो उपमेयर कप किशोरी भलिवल पनि आजै शुरु


यसगरी आजबाट तेश्रो उपमेयरकप किशोरी भलिवल प्रतियोगिता पनि शुरु भएको छ । प्रतियागिताको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै प्रमुख अतिथि नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले खेल र खेलाडीहरुलाई प्रोत्साहन गरेर यो पालिका र जिल्लाको नामलाई उचो राख्न सवैले योगदान पु¥याउनु पर्ने धारणा राख्नुभयो । आगामी वर्ष हुने प्रतियोगितामा सवै वडाहरुलाई टिम तयार पठाउने कुरामा आफु विश्वस्त रहेको वताउनुहुँदैै पोखरेलले यसको लागि वडा अध्यक्षहरुले पनि विशेष ध्यान पु¥याउन आग्रह गर्नुभयो । उहाँका अनुसार खेलाडी उत्पादन गर्न कमलामाई नगरपालिकाले अवका दिनहरुमा स्थानीइ क्वलहरु सँग पनि समन्वय गर्ने छ ।


यसैगरी कार्यक्रमका विशेष अतिथि उपमेयर मन्जु देवकोटाले यो प्रतियोगिताले खेल क्षेत्रमा दक्ष महिला खेलाडी पनि उत्पादन गर्ने उद्देश्य लिएको वताउनु भयो । देवकाटाले पालिकाले खेलाडी उत्पादनको लागि लगानी गरेको भए पनि वडामा छात्रा तर्फ खासै सकृयता नदेखाइएको गनासो गर्नुभयो । अघिल्लो वर्ष ६ वटा वडाहरुले सहभागिता जनाएपनि यो वर्ष १, ६ र ७ गरी जम्मा ३ वटा वडाहरुले मात्रै सहभागिता जनाएको छ ।


कार्यक्रम खेलकुद विकास समितीका संयोजक दिपेन्द्र फँुयालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *