आधारभूत तह अन्तर्गत कक्षा ८ को परिक्षा आजबाट शुरु, नगरप्रमुख पोखरेलद्धारा परिक्षा अनुगमन

तरँग खवर
सिन्धुलीमाढी, चैत्र ५आइतवार । आधारभूत तह अन्तर्गत कक्षा ८ को पालिका स्तरीय परिक्षा आजबाट शुरु भएका छ ।

गणित विषयको परिक्षा सन्चालन भएको पहिलो दिन आज कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले पालिकाका विभिन्न विद्यालयमा अनुगमन गर्नु भयो । नगरप्रमुख पोखरेलद्वारा पालिकाका विद्याश्रम शैक्षिक गुठी दोभानटार, कमला माध्यामिक विद्यालय ढुँग्रेवास, सिन्धुलीगढी माध्यामिक विद्यालय राम्माडी, २ नम्वर वजार स्थित सिद्धस्थली अँग्रेजी आवासीय माध्यामिक विद्यालय र भगवती अँग्रेजी आवासीय माध्यामिक विद्यालय तथा खट्टार स्थित वरुणदेवी माध्यामिक विद्यालयको अनुगमन गरिएको थियो ।

अनुगमन पश्चात नगरप्रमुख पोखरेलले परिक्षा अनुशासित र मर्यादित रहेको प्रतिक्रिया दिनुभयो । केहि परिक्षार्थीहरुमा सिम्वोल नम्वर उल्लेख गर्ने सवालमा त्रुटि पाइएकोले यस्ता विषयमा पनि जानकारी गराउन शिक्षकहरुलाई निर्देशन दिइएको पोखरेलले वताउनु भयो । तल्लो तहको परिक्षाको महत्वको विषयमा विद्यालय, विद्यार्थी तथा अभिभावकहरुमा नकरात्मक धारणा जागृत हुन थालेकोले अनुगमनलाई विशेष प्राथमिकता दिईएको पोखरेलको भनाई थियो ।

नगरप्रमुख पोखरेलका अनुसार परिक्षा अवधिभर हरेक दिन अनुगमन हुनेछ ।

कमलामाई नगरपालिकामा आधारभुत तह अन्तर्गतको कक्षा ८ को पालिकास्तरीय परिक्षामा सामुदायिक तर्फ ३४ र सँस्थागतका १८ गरी जम्मा ५२ विद्यालय सहभागी रहेको शिक्षा शाखाका अधिकृत सरजित तामाङले जानकारी दिनुभयो । जसमा १ हजार ३३ जना सामुदायिक र सँस्थागतबाट ५ सय २३ गरी जम्मा १ हजार ५५६ विद्यार्थीहरु सहभागी रहको तामाङले वताउनु भयो ।

परिक्षा आजबाट शुरु भई चैत्र १३ गते अन्त्य हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *