तरँग खवर
सिन्धुलीमाढी, फागुन २० शनिवार । आज सम्पन्न मिस तामाङ्ग २०२३ को उपाधि सिन्धुलीकी पासाङ्ग याङ्गी वाइवा लामाले जित्न सफल हुनुभएको छ ।

काठमाण्डौको राष्ट्रिय सभागृह हलमा करिव ८ः३० मा अन्तिम नतिजा सार्वजनिक गरिएको थियो । मम्स इन्टरनेशनल नेपालले आयोजना गरेको मिस तामाङ्ग २०२३ को उपाधि जित्न सफल पासाङ्ग कमलामाई नगरपालिका–९, भिमान सिन्धुलीकी बासिन्दा हुनुहुन्छ ।
त्यसै गरी ललितपुरकी सुशिला मार्फा तामाङ्ग फस्ट रनर अप हुँदै गर्दा सेकेण्ड रनर अप पनि सिन्धुलीकै सिर्जना गोले तामाङ्ग हुन सफल हुनु भएको छ । सिन्धुलीको कलाघर समुहमा सकृय सिर्जना गोले तामाङ्ग कमलामाई नगरपालिका–११ रानीचुरीका वासिन्दा हुनुहुन्छ ।
प्रतियोगितामा १६ देखि २९ वर्षसम्मका कम्तिमा एसइइ उतिर्ण ८१ जना तामाङ्ग युवतीहरु सहभागि हुनुहुन्थ्यो । काभ्रे, सिन्धुली, नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, सिन्धुपाल्चोक, लगायतका जिल्लाबाट सहभागि ८१ जना मध्ये शनिवारको अन्तिम प्रतिस्पर्धाको लागि १६ जना छानिएका थिए ।