तरँग खवर
सिन्धुलीमाढी, फागुन १२ शुक्रवार । कमलामाई नगरपालिका सिन्धुलीले यस वर्ष पनि लोकसेवा तयारी कक्षा सन्चालन गर्ने भएको छ ।
आर्थिक वर्ष २०७९÷८० को वजेटमा नै लोकसेवा कक्षा सन्चालन गर्न वजेट विनियोजन गरिए अनुसार कक्षा सन्चालन गर्न लागिएको सुचना प्रकाशित गरी जानकारी गराएको छ । सहायक स्तर पाँचौ वा सो सरहको लोकसेवा तयारी कक्षा सन्चालन गर्न लागिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सत्यदेवी अधिकारीद्वारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।
फागुन ११ गते प्रशासित सुचनामा इच्छुक स्थायी वासिन्दाले सुचना प्रकाशित भएको १५ दिन भित्र निवेदन पेश गर्न आव्हान गरिएको छ । प्लस टु वा सो सरह साथै एसइइ वा सो सरह योग्यता पुगेका पालिकाका स्थायी नेपाली नागरिकले आवेदन दिन सकिन उक्त कक्षामा पुरुषको हकमा १८ वर्षदेखि ३५ र महिलाको हकमा ४० वर्ष सम्मकाले अवसर पाउने सुचनामा उल्लेख छ ।