तरँग खवर
सिन्धुलीमाढी, माघ १८ वुधवार । मुलुकमा आर्थिक तरलताले संकटको स्थिती आउनुमा सवैको उत्तिकै जिम्मेवारी रहेको पूर्व अर्थमन्त्रि युवराज खतिवडाले वताउनुभएको छ ।

सिन्धुली वहुमुखी क्याम्पस सिन्धुलीको म्यानेजमेन्ट डिपार्टमेन्टले आयोजना गरेको वित्तिय क्षमता अभिवृद्धि सम्वन्धि वर्कसपमा विद्यार्थीलाई तालिम दिने क्रममा उहाँले सो कुरा वताउनुभएको हो । खतिवडाले आर्थिक अनियमितता गरी कमाएका सम्पत्ति र अनुत्पादक क्षेत्रमा गरेको लगानीका कारण वित्तिय संकट देखा परेको वताउनु भयो । “मानिसले भ्रष्टाचार गरी कमाएको सम्पत्ति देखाउन चाहेनन् यता वैंकको व्याजदर सस्तो भएको अवस्थामा मानिसले कर्जा लिदै घरजग्गामा व्यापक लगानी गरे, त्यसैले अहिले वजारमा पैसाको अभाव देखियो ।” खतिवडाको भनाइ थियो ।

उहाँ वार्षिक रुपमा नेपाली विद्यार्थी विदेशमा पढ्न जादा जति नेपाली रुपैया विदेशिन्छ त्यसको शोधभर्ना ४ लाख विदेशी पर्यटक भित्रयाउदा पनि गर्न नसकिने वताउनु हुन्छ । शैक्षिक दृष्टिकोणले नेपाली अर्थतन्त्रलाई मजवुत वनाउने हो भने सकेसम्म नेपाली विद्यार्थी नेपालमै पढ्नु पर्ने उहाँको जिकिर थियो । “नेपालमा पढ्न नपाइने विषयको लागि मात्र विदेश धाउने हो । नत्र नेपालका विद्यालय र विश्व विद्यालय पनि गुणस्तरीय शिक्षाको लागि पर्याप्त छ ।” खतिवडा भन्नुहुन्छ ।

कार्यक्रमका प्रमुख अतिथि रहनुभएका पूर्व अर्थ मन्त्री खतिवडाले तरलताको मुख्य जिम्मेवार सरकार रहेको वताउनु भयो । प्रविधिले वित्तिय व्यवस्थामा खेलेको नकरात्मक भुमिकाको वारेमा जानकार नहुनु, राज्यको लगानी वजारमा कुन क्षेत्रमा गइरहेको छ भन्ने कुरा जानकारी नराख्नु, भ्रष्टाचारलाई नियन्त्रण गर्न नसक्नु राज्यको कमजोरी रहेको उहाँले औल्याउनु भयो । अर्काे तर्फ सस्तो व्याजदर भएको वेला आँखा चिम्लेर ऋण लिई अनुत्पादक क्षेत्रमा लगानी गर्नु पनि सर्वसाधारणको कमजोरी रहेको वताउनु भएको छ ।
तरलता समाधानका लागि क्रिप्टो करेन्सी जस्ता गैर कानुनी प्रविधि, अनाधिकृत रुपमा चलेका मोवाइल वैंकिङ्गलाई नियनामन गर्नु पर्ने उहाँको सुझाव थियो । वजारमा लुकेको कालाधनलाई वाहिर ल्याउन सम्पत्ति शुद्धिकरण र भ्रष्टचार नियन्त्रणको लागि अख्तियारलाई प्रभावकारी बनाउने हो भने तुरुन्त यसको समाधान हुनसक्ने उहाँको भनाई थियो ।
खतिवडाले प्रशिक्षणको क्रममा विद्यार्थीहरुलाई वित्तिय संकट, यसका कारण र समाधान लगायत व्यवस्थापकीय क्षमता र व्यक्तित्व विकासका वारेमा प्रशिक्षण तथा आफ्ना धारणा राख्नु भएको थियो ।

आजबाट शुरु भएको वर्कसप माघ २० गतेसम्म चल्ने व्यवस्थापन संकायका प्राध्यापक दिपक वरालले जानकारी दिनुभयो । वर्कसपको उद्घाटन सत्रमा क्याम्पसका प्रमुख तथा प्राध्यापकहरु, व्यवस्थापन समितीका पदाधिकारी लगायत विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।