तरँग खवर
सिन्धुलीमाढी, पुस ३० शनिवार । नेपाली सँगीत क्षेत्रका उदयिमान गायक सौगातजंग थापाले वजारमा अर्काे साँगितीक कोशेली सार्वजनिक गर्नु भएको छ । गोपी दाहालको रचना रहेको ‘दिलको छेउ कुनामा’ नामक गीत चार दिन अघि मात्र दर्पण मिडीया यूटूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
गायक सौगातजंग थापा कै संगित रहेको गीतमा स्वरमा भने ममता गुरुङ्गले साथ दिनुभएको छ । म्यूजिक भिडियोमा रचनाकार गोपी दाहाल र मोडेल प्रेक्षा वानियाको अभिनय रहेको छ । गीतले सार्वजनिक भएको चार दिनमा नै लाखौ भ्यूज पाइसकेको छ ।
यस अघि गायक थापाको आफ्नै संगितमा चर्चित गायिका अस्मिता अधिकारीसँगको ‘जुनी जुनी’ नामक गीत पनि सार्वजनिक भएको थियो । अर्कि चर्चित गायिका मेलिना राईसँगको ‘मैले गर्ने माया’ लगायत गायक थापाको ‘हाम्रो माया जाल’, ‘कुरै कुरामा माया वस्यो’ लगायत गीतहरु वजारमा आइसकेको छ ।
सिन्धुलीको चियावारीमा जन्मिनु भएका गायक सौगातजंग थापाले पहिलो गीत थापा थकितको रचना तथा राजकुमार वगरको संगीत रहेको ‘नओइलिने फुल हौ तिमी’ नामक गीत रेकर्ड गर्नुभएको थियो ।